जिल्लाको मंगला गाउँपालिकाले मंगला शिक्षा क्याम्पसमा ८ बेडको क्वारेन्टाइन बनाएको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि विदेशबाट आएकालाई लक्षित गरी बनाइएको क्वारेन्टाइनलाई आवश्यकता अनुसार विस्तार गर्ने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

‘गाउँपालिकालाई संक्रमणको जोखिमबाट जोगाउन आवश्यक सबै शक्ती प्रयोग गर्नेछौ,‘विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनका बस्नुपर्नेछ’ अध्यक्ष रोकाले भन्नुभयो। उहाँले शिक्षा क्याम्पस बाहेक बेनीमा बनाइएको क्वारेन्टाइनमा समेत बस्ने सक्ने बताउनुभयो।

क्वारेन्टाइनमा विदेशबाट आएका ८ जना बसेका छन् । गाउँपालिकाले होम क्वारेन्टाइनमा बस्न आनकानी गर्नेहरुलाई समेत घरदैलोमै पुगेर सचेत बनाइएको गाउँपालिकाले जनाएको छ । पटक–पटक सुझाव दिएपनि केहीले कार्यान्वयनमा चासो नदेखाएको अवस्थामा संक्रमणको जोखिमबाट जिल्लालाई सुरक्षित राख्न सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ ।

क्वारेन्टाइनमा दुईजना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत परिचालन गरेको जनाइएको छ । त्यस्तै लकडाउनको कार्यान्वन गर्न सबै वडामा अनुगमन तथा बेनी र दरबाङबाट गाउँपालिका क्षेत्रमा प्रवेश गर्ने नाकामा समेत कडाई गरिएको छ ।

Leave a Reply