म्याग्दीको धवलागिरी गाउपालिकाले कोभिड–१९ (कोरोना) भाइरस रोकथाम गर्न एक वडाबाट अर्को वडामा जान वडा अध्यक्षको सिफारिस र अनुमति अनिवार्य गरेको छ।

गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि एक वडाबाट अर्को वडामा विना अनुमति आवतजावत गर्नेलाई आवश्यक कारवाही गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

‘हरेक वडामा कडा निगरानी हुन्छ,‘ अत्यावश्यक काम बाहेक घरमै बस्नुहोला’ छन्त्यालले भन्नुभयो । उहाँले बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको बताउनुभयो ।

छिमेकी जिल्ला बागलुङमा संक्रमित भेटिएपछि बागलुङसँग सिमाना जोडिएका बस्तीहरुमा समेत आवतजावतमा रोक लगाइएको छ । कार्यपालिकाको बैठकले पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको हो ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई सघाउनका लागि स्वयमसेवक परिचालन गर्न गाउपालिकाका अध्यक्ष थमसरा पुनको संयोजकत्वमा समिति गठन भएको छ । २० जना स्वमसेवक छनौट गरेर लकडाउन कार्यान्वयनमा परिचालन गरिने छ । स्वयमसेवकहरुलाई प्रहरीबाट तालिम र प्रशिक्षण दिएर खटाइने भएको छ ।

कर सहित दैनिक एक हजार रुपैयाँ ज्याला समेत दिइने निर्णय गरेको छ । सरकारले चैत २६ गतेसम्मका लागि थप गरेको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न स्वमसेवकहरुलाई नाकाहरुमा खटाउने भएको छ ।

ताकम, ढोरपाटन, मराङ र मल्कवाङका नाकामा स्वमसेवक खटाइने भएको छ । स्वयमसेवकहरुलाई प्रहरीबाट तालिम र प्रशिक्षण दिएर खटाइने भएको छ । ७ वटा वडामा पाँच पाँच शैया क्षमताको मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउने निर्णय भएको छ । चैत १ गतेदेखि यता विदेशबाट आएका दुई जनालाई हालसम्म घरमै एकान्तबास बस्न लगाइएको छ।

चैतै दशैको अवसरमा कोतघरहरुमा मेला सञ्चालन गर्न नदिने निर्णय समेत भएको छ। उपाध्यक्ष छन्त्यालको नेतृत्वमा प्रशासकीय अधिकृत गोविन्द सुनार र सामाजिक विकास समितिका संयोजक राजाराम सुवेदी सदस्य रहेको लकडाउनका कारण प्रभावित हुने तथा विदेशबाट आएकाको लगत संकलन समिति बनाइएको छ ।

धवलागिरी गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि निम्न निर्णय गरेको छ ।

१, धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ ।

२,जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई सघाउनका लागि स्वयमसेवक परिचालन गर्न गाउपालिकाका अध्यक्ष थमसरा पुनको संयोजकत्वमा समिति गठन भएको छ। २० जना स्वमसेवक छनौट गरेर लकडाउन कार्यान्वयनमा परिचालन गरिने। ताकम, ढोरपाटन, मराङ र मल्कवाङका नाकामा पारिश्रमिक सहित उच्च सुरक्षाको साथ स्वमसेवक खटाइने भएको छ । साथै स्वयमसेवकहरुलाई प्रहरीबाट तालिम र प्रशिक्षण दिएर खटाइने भएको छ।

३,अत्यावश्यक कामले एक वडाबाट अर्को वडामा जानका लागि वडा अध्यक्षको सिफारिस र अनुमति लिनुपर्ने निर्णय भएको छ ।

४,बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । ७ वटा वडामा पाँच पाँच शैया क्षमताको मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउने निर्णय भएको छ । चैत १ गतेदेखि यता विदेशबाट आएका दुई जनालाई हालसम्म घरमै एकान्तबास बस्न लगाइएको छ ।

५, चैतै दशैको अवसरमा कोतघरहरुमा मेला सञ्चालन गर्न नदिने निर्णय समेत भएको छ । उपाध्यक्ष छन्त्यालको नेतृत्वमा प्रशासकीय अधिकृत गोविन्द सुनार र सामाजिक विकास समितिका संयोजक राजाराम सुवेदी सदस्य रहेको लकडाउनका कारण प्रभावित हुने तथा विदेशबाट आएकाको लगत संकलन समिति बनाइएको छ ।

६,बस्ती स्तरमा कटुवाल र माइकीङ गरेर कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइ राख्ने ।

 

Leave a Reply