छिमेकी जिल्ला बागलुङमा बेल्जियमबाट आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएपछि बेनी नगरपालिका–१, रत्नेचौरले बागलुङ जोड्ने सबै नाका पूर्णरुपमा बन्द गरेसँगै नाकामा अनुगमनलाई तिब्रता दिएको छ ।पक्की पुलसँगै अन्य पैदलमार्गहरु समेत बन्द गरिएसँगै अत्यावेशक आवश्यकता परेमा आवतजावतमा सहज गराउने गरी प्रहरी सहितको टोलीले नाका बन्द गरी अनुगमनलाई तिब्रता दिएको भानु मावि रत्नेचौरका प्रधानाध्यापक भरत खत्रीले बेनीअनलाइनलाई बताउनुभयो ।

‘केही दिन नाका बन्द हुन्छ,‘समस्यामा परेकालाई कुनैपनि बेला आवतजावतमा सघाउँछौ’वडा अध्यक्ष टेकबहादुर रावललाई उद्धित गदैं प्रअ खत्रीले भन्नुभयो ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको आफ्नै घरमा रहेकी १९ युवतीलाई संक्रमण देखिएलगत्तै नाका बन्द गरिएको थियो । बागलुङबाट दुध, तरकारी लिन आउनेसँगै फर्सदमा घुम्न समेत आउने गरेकाले सिमाना जोडिएकै बस्तीमा कोरोनाको संक्रमति देखिएसँगै कडाई गर्न जिल्ला प्रशासन कार्यालयबाटै आएको निर्देशनलाई मध्यनजर गरी नाका बन्द गरिएको जनाइएको छ ।

रत्नेचौर–कुँडुले जोड्ने पक्की पुल,सारेमारे, ढोडेनी खोलामा खटिएकालाई खाजानास्ता सहित आवश्यक सहयोग समेत भइरहेको छ। केही सवारीसाधनलाई नाकाबाटै फिर्ता गरिएको छ भने मजदुरलाई उद्धार गरी बेनीबाट सम्बन्धित क्षेत्रमा पठाइएको छ । नाकामा गस्तीको कार्यतालिका समेत सार्वजनिक भएको छ। गस्तीमा रहेको टोलीले आवश्यक समन्वय गरी फिर्ता पठाउने जनाइएको छ । यता स्वास्थ्य वा आपतकालिन अवस्थामा बेनपा १ रत्नेचौर वडा नं २ ज्यामरुककोट भित्रका बासिन्दालाई नगरपालिकाको सवारीसाधनले आवश्यकता अनुसार ओसारपोसार गर्ने छ । बिरामीलाई बेनी अस्पतालमा ल्याउने ब्यवस्था मिलाइएको छ ।
समस्यामा परेकाले यहाँ सम्पर्क गर्नुहोला ।

Leave a Reply