म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकमको मच्छिम गाउँका जनतालाई एकसाता गाउँ नछोड्न अपिल गरिएको छ। गाउपालिकाले कोभिड–१९ (कोरोना) भाइरस रोकथाम गर्न एक वडाबाट अर्को वडामा जान वडा अध्यक्षको सिफारिस र अनुमति अनिवार्य गरेको छ।

गाउँपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि बस्तीभित्रका जनतालाई छिमेकी गाउँ तथा आसपासका क्षेत्रमा समेत आवतजावत नगर्न अनुरोध सहित घरदैलो अभियान सुरु भएको स्वयंमसेवक समितिका संयोजक चन्द्रबहादुर छन्त्यालले बताउनुभयो ।

‘विना अनुमति आवतजावत गर्न रोक लगाइएको छ,‘कोरोना भाइरसको जोखिमबाट समुदायलाई जोगाउन यो निर्णय गरेका छौ’ छन्त्यालले भन्नुभयो । ९ सदस्यीय समितिले गाउँमा अनुगमन गर्ने तथा अति आवश्यकता परेकालाई आवतजावतमा सघाउने समितिले जनाएको छ ।

स्वमसेवक छनौट गरेर लकडाउन कार्यान्वयनका लागी गाउँपालिकाले समेत हरेक वडामा स्वंयमसेवक खटाएको छ । एउटा वडाबाट अर्को वडामा आवतजावतमा रोक लगाउने निर्णयसँगै हरेक वडाको सिमानामा कडाई गरिएको छ । Filephoto

Leave a Reply