हरिप्रसाद पौडेल/ कोरोना भाइरस नियन्त्रणका लागी भन्दै केही घण्टा अगाडी फेरी दोस्रोपटक लकडाउनको अवधि थफ गरेको छ यो लकडाउन सहित १५ दिन देश लकडाउन हुने छ ।

समाचारलाई आधार मान्ने हो भने अमेरीका इटली स्पेन लगाएतका शक्ति सम्पन्न राष्ट्रहरु तथा विश्वमा नै स्वास्थ्यको दृष्टीकोणवाट आफुलाई अब्बल मानिने युरोपीयन तथा अमेरीकी मुलुकहरुलाई यस कोरोनाले गलाइसकेको छ भने सानो पुँजी भएको तथा न्यूनतम स्वास्थका मापदण्डहरु लागु गर्न पापड पेलीरहेको हाम्रो मुलुकमा लकडाउननै एकमात्र सहारा हो । त्यसैले यो लकडाउन अझै लम्वीन सक्छ ।

विशेषगरी लिक्वीड ड्रप्स वाट ट्रान्स्मीसन हुने र ओसेपिलोमा तहअनुसार ९६ घण्टा भन्दा वढी वाँच्न सक्ने भनीएको यो भाइरस को औषधी वनीनसकेको छैन त्यसैले आम मानिसहरुले आफुलई सकेसम्म सुरक्षित गर्नुनै सवैभन्दा उत्तम विकल्प हो ।

स्वइच्छिक रुपमा घरभित्र नै वस्ने, अत्यावश्यक काम वाहेक घरवाहीर ननिस्कने, सकेसम्म सरसफाइका मापदण्डहरु लागु गर्ने गरी लकडाउनको ब्यवस्था गरीएको मा वजार तथा सहरी क्षेत्रमा यसको केही परीपालना गरिएको भएतापनी गाउँनै गाउँले भरीएको मुलुकमा ग्रामीण इलाकामा यसको पालना भएको देखिदैन ।

ब्यवसाय गर्न, वालवच्चा पढाउन वा रोजगारको शिलशिलामा वजार झरेकाहरु समेत यतीवेला सवैजना गाउमानै पुगेको अवस्था छ भने भारत लगाएत तेस्रो मुलुकवाट आएकाहरु समेत यतीवेला आ–आफ्ना गाउँमानै रहेको देखिएको छ । नेपाल सरकारले ढिलो गरी तर हतारमा गरेको लकडाउनको निर्णय आजा निकैनै महंगो परीरहेको छ ।

विशेष गरी आज सम्मको अवस्थालाई हेर्दा चैत्र ४ गतेको कतार एयरवेज सरकार तथा देशको टाउको दुःखाई वनेको छ । जनवरी २३ मा पहिलो कोरोना पुष्टि भएको अवस्थामा समेत सरकार गम्भिर वन्न नसकेको र भ्रमण वर्ष मनाउन तेस्रो मुलुकका नागरीकहरुलाई फूलमाला लगाउनमै ब्यस्त भएको, समयमानै ब्यवस्थापनमा नलागेको कारण आज कतार एयरवेजवाट आएका करीव १५८ जना मानिसहरु देशका विभिन्न स्थानमा छरीएर वसेका छन् र तिनिहरु प्राय–प्राय कोरोना पोजेटिभ हुनसक्ने अवस्था देखिएको छ ।

त्यही एयरलाइन्सवाट आएका सम्पर्कमा रहेका २ जना कोरोना पोजेटीभ भेटिएका छन् भने अन्य ब्यक्तिहरुको खोजि, क्वारेण्टाइन र स्वाब परिक्षण गर्न थालिएको छ तर झण्डै दुइहप्ता सम्म उनिहरु कहाँ–कहाँ पुगे को–को संग सम्र्कमा रहे उनिहरु सवै संक्रमणको उच्च जोखिममा रहेका छन ति मध्यका करीव ९० प्रतिशत गाऊमानै रहेका छन् ।

बमबारुद, चन्दा आतंक रांकेजुलुस नभई नआत्तिने वानी परेका नेपालीहरु सूचनालाई गम्भिररुपमा नलिएको पाइएको छ ।

निर्वाध मेलापात, स्थानिय आयोजनाहरुमा निर्वाध काममा लागिरहेको, लाहुरेहरुसंगको भोजभतेर तथा समुहमा आवत जावत जस्ता कार्य निर्वाध रुपमा अगाडी वढिरेहेका पाइएको छ । यसले अझै जोखिम वढीरहेको पाइएको छ । यसतर्फ कोहीपनी जिम्मेवार वन्न नसकेको देखिएको छ ।

नेपालका प्राय–प्राय पालिकाहरु ग्रामिण इलाकामा पर्ने र वजार–सहरी इलाका केही भएपनी अन्य सवै ग्रामिण इलाका नै वढी भएको हुँदा वजार क्षेत्रमा केही प्रभाव देखिएतापनी गाऊमा कुनै प्रभाव नपरेको कारण सवैजसो इलाका थप जोखिममा रहेका छन्, यसमा नगरपालिका गाउँपालिकाहरु ल्गभग निकम्मा जस्ता देखिएका छन्,

कागजमा सुचना जारी गरेर, केही ब्यवस्थापन कोष छुट्टाएर आफ्नो जिम्मेवारी पुरा भएको ठानी दंग छन भने सामाजिक मिडियामा वक्तब्य वाजि गर्नमै ब्यस्त छन भने कतिपय जनप्रतिनिहिरु कुनैपनी जिम्मेवारी लिनवाट हिच्कीचाइरहेका छन, मैले यस भन्दा अगाडीपनी यसै सन्दर्भमा चिन्ता ब्यक्त गरेको थिए ।

देशमा जनप्रतितिधिमुलक संस्था छ प्रत्यक वडामा वडातहको संरचना छ  वडासदस्यहरुले जिम्मेवारी लिएको पाइदैन, उनिहरुलाई ५ वर्ष तलव मात्र खुवाउन ल्याइएको हो की उनिहरुको सामाजिक जिम्मेवारी पनी हुन्छ? फेसवुक लगाएतका सामाजिक मिडियामा केही लेख्दैमा जनप्रतिनिधिको जिम्मेवारी पुरा हुन्छ? वजारमा अत्यावश्यक कामका लागी वाहीर निस्केका लाई हकार्दैमा प्रहरी प्रशासनको दायित्तव पुरा हुन्छ ?

वजारवाट वाहिर जाने सरकारी मान्छेहरुलाई भेकलपास दिदैमा ग्रामिण इलाकामा समेत नियन्त्रण हुन्छ सिडियो साप ? नागरीक समाज कहाँ छ जहिले पनी भएन मात्र भनेर नागरीक समाजको दायित्व पुरा हुन्छ ? सवैसवै एकद्धार भएर नियन्त्रणमा लाग्नु पर्दैन ? राज्यका निकायहरुले यो कुरा वुझ्नुपर्दैन ।

राज्यका निकायले वुझ्नुपर्छ कि पर्दैन केहीथान सरकारी कर्मचारी र केही थान जनप्रतिनिधिहरुमात्रले सवै काम गर्न सक्दैनन् नागरीक समाजका संस्थाहलाई समेत एकिकृत परिचालन गर्नुपर्छ भन्ने कहिले वुझ्ने मुलाधारमा छौ भन्ने हरुले । पाँच प्रतिशत वजार एरीयालाई लकडाउन गरेर दंग परेको छ प्रशासन, ९५ प्रतिशत गाउगाउमा भुसको आगोझै कोरोना पैmलिएको आशंका गरीएको छ ।

फैलिएको छैन भनेर ओठेजवाफ आउन सक्छ त्यसको आधिकारीकता पुष्टि गर्न सक्छ राज्यले ? गाउँमा कफ्र्यु लगाउन ढिला भइसक्यो यसको लागी सवै संयन्त्रहरु परिचालन हुनु अतिनै आवश्यक छ, सम्झाउदा नमाने कार्वाहिको दायरामा ल्याउन आवश्यक छ, यो अटेरी गर्ने वेला होइन, जवसम्म गाउमा लकडाउनको प्रभाव पारेर उनिहरुवाट संक्रमण न्यून हुदैन त्यो अवधि सम्म लकडाउन चाहे एकमहीना होस थप्दै जानुपर्ने देखिन्छ, यसो गर्दा राज्य थप आर्थिक असहजतामा जान सक्छ त्यसैले ग्रामीण इलाकावाट छिटो कोरोना संक्रमण घटाउने तर्फ सोच्नुपर्ने देखिएको छ ।

राज्यका निकायमा वस्नेहरु जुनसुकै काममा कमिसन र धन्दा मात्र देखीरहेका छन् भने केही गरेका छौ भन्नेहरु समेत यो मानव संकटको अवस्थामा समेत मत गन्न मै उद्यत देखिन्छन् ।

यो मानवता हराएको स्थीतिमा देशले कसरी कोरोना संकटवाट पार लाउन सक्ला चिन्ता थपिएको छ, त्यसैले प्रत्यक नागरीक सचेत वनांै आफ्नालागी आफै सुरक्षित वनौं । विदेशमा भएकाहरु आफुपनी सुरक्षित वसौ र आ–आफ्ना घरपरीवारमा फोन गरेरै भएपनी सुरक्षित वस्नलाई सुझाऔं, काम त अर्काेदिन गरेपनी हुन्छ भनेर सिकाऔं ।

Leave a Reply