अत्यावश्यक सामान ढुवानीको बाहनामा मादक पदार्थ ओसार–पसार गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले नियन्त्रणमा लिएको छ।

लकडाउनको अवज्ञा गर्दै बेनीबाट रघुगंगा गाउँपालिकाको राखु तर्फ जाँदै गरेको ग२च ८८६९ नं.को जिपबाट बेनपा-०८ बस्ने बर्ष १९ को सुनिल कुमार शाह र सहचालक जिल्ला पर्वत जलजला गापावडा नं.०३ बस्ने बर्ष १८ को असल परियारलाई ६ कार्टुन मादक पदार्थ सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘अत्यावश्यक सामान ढुवानीका गाडीलाई पनि चेकजाँच सुरु गरेका छौ,‘ निषेधाज्ञा बिरूद्धका कार्य गर्नेलाई कारवाही गछौ’प्रनाउ कुँवरले भन्नुभयो ।गत चैत्र ११ गते देखी विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन जारी गरिएको लकडाउनमा अत्यावश्यक वस्तु र सेवा मात्र संचालनको आदेश जारी गरिएको अवस्थामामा लुकिछिपी कालोबजारी गर्ने,मदिरा जन्य पदार्थको ढुवानी तथा कारोबार,अत्यावश्यक बाहेक हिडडुलमा लगाइएको प्रतिबन्धलाई सोमबारदेखि थप कडाई गरिएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

मदिरासँगै नियन्त्रणमा लिइएकालाई संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसूरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही गरिने जनाइएको छ । ऐन अन्तरगत प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले दुवैजनालाई ३ दिन कैद र १ हजार जरिवाना समेत तोक्नुभएको छ । लकडाउन यता संक्रामक रोग ऐन २०२० ऐनमा म्याग्दीमा पहिलो हो।

Leave a Reply