---Advertisement---

बेनी अस्पतालको आइसोलेसनमा एकजना भर्ना, स्वाब परीक्षणका लागि पठाइने

On: March 30, 2020 4:08 PM
Follow Us:

बेनी अस्पतालमा आइसोलेसन वार्डमा एक जनालाई राखिएको छ। छिमेकी जिल्ला बागलुङ घर भई हाल पर्वतको जलजला गाउँपालिकामा बस्ने २७ बर्षिया यूवतीलाई कोरोना भाइरस जस्तै सम्भावित लक्षण देखा परेपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका डा. मनोज घिमिरेले बेनीअनलाइनलाई बताउनुभयो।

‘श्वाप्रश्वासमा समस्या भएपछि अस्पतालको सम्पर्कमा आउनुभएको थियो,‘विदेशबाट आउनुभएका बिरामीको आफन्त पनि होम क्वारेन्टाइनमा हुनुहुन्छ’डा.घिमिरेले भन्नुभयो।
विदेशबाट आएका आफन्तलाई समेत ज्वरो, रुघाखोकी देखिएकाले थप चेकजाँच गर्न अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

स्वास्थ परीक्षणको क्रममा उनलाई कोरोनाको संक्रमणको जोखिम मानिएका तत्वहरु हुन सक्ने भन्दै महिला नै सचेत भएर अस्पतालमा आएको बताउँदै सचेत नागरिकले नै कोरोनाको जोखिमबाट जोगिने चिकित्सकको भनाई छ । क्वारेन्टाइनमा राखिएकालाई कोरोनाको लक्षणसँग मिलेमा आइसोलेसनमा राखिन्छ।

आइतबार ज्वरो आएपनि अस्पतालमा भर्ना हुदाँ ज्वरो नदेखिएको, रुघाखोकी र श्वाप्रश्वासमा समस्या देखिएकाले मंगलबार स्वाब परिक्षणका लागि पठाउने तयारी भइरहेको बेनी अस्पतालले जनाएको छ। बेनी अस्पतालमा पाँच बेड र माउण्ट एभरेष्ट आवासीय माविमा १० बेडको आइसोलेसन बेड रहेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।