लडडाउनमा विपन्नलाई खाद्यान्न जुटाउन एक लाख नगद सहयोगको घोषणा गरेका निर्माण व्यवसायि संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले चैत्र महिनाको घरभाडा समेत मिनाह गर्नुभएको छ ।

लकडाउनमा मारमा परेकाको मर्कालाई मध्यनजर गरी जिसीले चैत महिनाको भाडा वापतको एकलाख ३५ हजार रुपैयाँ मिनाहा गरेको बताउनुभयो । बेनी नगरपालिका–६ बगुवाखोला निवासी जिसी र काठमण्डौमा रहनुभएकी धर्मपत्नी विमला जिसीले काठमाण्डौं र बेनीमा रहेको घरमा भाडामा वस्नेहरुको भाडा मिनाका गदैंै घरधनीले भाडावालाको मर्का बुस्नुपर्ने बताउनुभयो ।

जिसी गुप्रका सञ्चालक समेत रहेका जिसीले कोरोनाको जोखिममा परेकालाई उद्धार तथा सरकारी अभियानलाई समेत सघाएको बताउँदै आवश्यकता अनुसार आगामी दिनमा समेत विभिन्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । काठमाण्डौं स्थित घरको चैत महिनाको भाडा एकलाख र बेनीमा रहेको घरको ३५ हजार गरी एकलाख ३५ हजार रपैयाँ भाडा मिनाहा गरेको बिमला जिसीको भनाई छ ।

जिसीले बेनी नगरपालिका–६ का गरिब तथा विपन्नहरुलाई वडाको सहकार्यमा ४० हजार बराबरको मास्क र हात धुने साबुन वितरण गर्नुभएको थियो भने जिल्ला प्रशासन कार्यालयको अभियानमा आफ्नै ट्याक्र सहित क्लोरिन छर्किने काममा समेत जिसी सक्रिय हुनुहुन्छ ।

उहाँले बेनी अस्पताल सहित जिल्लाका ग्रामिण क्षेत्रका सडकमा समेत क्लोरिन छर्कने बताउनुभयो । जिसीका भाई यूकेमा रहनुभएका किसान जिसीले समेत विभिन्न सामाजिक एवम् मानविय सेवामा सहयोग गर्ने गर्नुभएको छ।

Leave a Reply