बाग्लुङ्गका लागि पोखराबाट क्यु लाग्ने ठाउँमा २ महिला र १ पुरुष आएपछि जम्मा ७ यात्रुलाई लिएर स्र्कोपियो बाग्लुङ्गतर्फ हुँइकियो । ७ यात्रु बोकेको त्यही स्कार्पियोमा बेल्जियमबाट नेपाल आएकी एक युवती थिइन् जसमा अहिले कोरोना पोजिटिभ भएको पुष्टि भएको छ ।

बाग्लुङ्गकी ती युवतीलाई कोरोनाको संक्रमण देखिएसंगै कसैले उनी आएको जहाजको खोजी गरे त कसैले उनको । रिपोर्टर्स सेभेनले उनलाई पोखराबाट बाग्लुङ्गसम्म पुर्याउने गाडीका चालकको र यात्रुका बारेमा खोजी ग¥यो । उनी कास्कीकै घाचोकका भएको सूचना पाएपछि उनको अवस्था बुभ्ने प्रयास गर्यो ।

ग १ च ६३५३ नं को स्र्कापियो गाडीले संक्रमित ती युवतीलाई बाग्लुङ्ग पुर्याएको पत्ता लाग्यो । गाडीका चालकलाई सम्पर्क गर्ने कोशिश माछापुच्छ्रे गाउँपालिका वडा नं ३ का वडाध्यक्षलाई सम्पर्क गर्यो । संयोगवश वडाध्यक्ष उनकै घरमा पुगेका रहेछन् । चालकसंगको कुराकानीमा उनले आफ्ना बारेमा सबै कुराहरु  बताए ।

करिब ११ः३० बजे बिहानको समयमा उनका गाडीमा संक्रमित भनिएकी युवती र १ जना काका पर्ने आएर बाग्लुङ्गको यात्रा तय गरे । गाडीमा ७ जना पुगेपछि हामी क्युबाट छुटेर बाग्लुङ्गका लागि अगाडि बढ्यौ । बिचमा उनी, उनको एकातर्फ उनकी आफ्न्त र अर्कातर्फ अन्य यात्रु रहेको चालकले बताए ।

उनले उक्त स्थानबाट हिडेको गाडी बाटोमा खाजा खानका लागि पातिचौरमा रोकिएको तर ती युवती र उनीसँग आएका मध्ये १ जना गाडीबाट नझरेको बताए । ती युवतीका अर्का एक जना आफन्त झरेर लेज किनेर गाडीमा दिएको र उनीहरुले खाएको पनि चालकले बताए ।

सो स्थानबाट हिडेको गाडी डिम्बुवामा उनका आफन्तकोमा केही पार्सल दिन रोकेको र पार्सल दिएर गाडी फेरि अगाडि बढेको चालक बताउँछन् । नयाँपुलको जाममा केही समय गाडी रोकिएको भएता पनि कोही चढ्ने झर्ने गरेनन । त्यसपछि गाडी सीधै बाग्लुङ्ग पुग्यो र उनीहरुलाई घरसम्म पुर्याएको र उनकी आमालाई जिल्ला अदालतमा छोडेर गाडी आफ्नो बाटो लाग्यो ।

चैत्र ४ गते उनीहरुलाई बाग्लुङ्ग पुर्याएका चालक त्यतिखेर छाँगाबाट खसे जस्तै भए जब उनको गाडीमा आएकी युवतीलाई चैत १५ गते कोरोनाको संक्रमण छ भनेर हल्ला चल्यो । चालकलाई उनका साथीहरुले यसबारे खबर गरेको र तुरुन्त जचाँउन अस्पताल जान उनका साथीहरुले सुझाए पछि चैत १६ गते उनी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगे ।

उनलाई त्यहाँ फिवर चेक गरियो र फिवर ठीक देखिएपछि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरियो र केही समस्या भएपछि आउनुु भनेर फर्काइयो । उनको स्वास्थ्यमा हाल केही समस्या नभएको चालकको भनाइ छ । गाउँपालिकाका स्वास्थ्य संयोजक गाविन्द आचार्यले दिएको मास्क र थर्ममिटर छ । उनले हरेक दिन दुइ पटक ज्वरो आफै नाप्ने गरेको बताएका छन ।

यता माछापुच्छ्रे गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सूर्य लम्सालका अनुसार चालकको स्थायी घर हेम्जा भएता पनि उनी हाल माछापुच्छ्रे गाउँपालिका वडा नं ३ मा बस्दै आएका छन । वडाध्यक्षका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्ने ब्यवस्था भएता पनि उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेको बताउँछन । कोरोना संक्रमितलार्ई लिएर आएको गाडीका चालक हालसम्म सुरक्षित रहेको र उनका परिवारका सदस्यहरुलाई पनि घरमा छुट्टै बस्न आग्रह गरेको वडाध्यक्षले बताएका छन । रिर्पोर्टस सेभेनमा उत्तम पौडेलले लेखेको समाचार साभार गरिएको हो ।

Leave a Reply