विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जिल्लाका सबै स्थानीय तहलाई कम्तिमा ५० बेडको क्वारेन्टाइन बनाउन कोभिड–१९ को कमाण्ड पोष्टले अनुरोध गरेको छ ।

सोमबार पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको बैकठले पाँचवटै गाउँपालिकामा ५० बेडको क्वारेन्टाइन बनाएर थप १ सय बेड क्षमता र बेनी नगरपालिकाले २ सय बेडको तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

हरेक दिन समिक्षासँगै कार्ययोजनामा छलफल गर्ने गरेको कमाण्ड पोष्टले स्थानीय तहमा हाल प्रयोग गरिएका क्वारेन्टाइनको क्षमतालाई थप गर्नुपर्ने आवश्यकता देखिएको कमाण्ड पोष्टमा रेडक्रसका प्रतिनिधि सुरत केसीले बेनीअनलाइनलाई जानकारी दिनुभयो।

बैठकले जिल्लाभित्र खाद्य संकटको जोखिमलाई मध्यनजर गरी उद्योग वाणिज्य संघको अध्यक्षतामा जिल्ला खाद्य साम्रागी ब्यवस्थपन गर्न जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, सुरक्षा निकाय, निजी क्षेत्र सहितको बैठक चैत्र १९ गते बुधबार उवासंघको हलमा बस्ने, सामुदायिक विकास परियोजना जिएनआई र संगमको १५ टेन्टलाईको आवश्ककता अनुसार प्रयोग गर्ने, स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा बेनीका होटलहरुलाई प्रयोग गर्ने, बेनी अस्पताललाई ४०, बेनी नगरपालिका २० र पाँचवटा गाउँपालिकालाई १५ वटाको पिपिई आवश्यकता परेकाले ब्यवस्थापन गर्न अनुरोध गरेको जनाइएको छ ।

Leave a Reply