हरिप्रसाद पौडेल/ जति वाड्यो उति वढ्ने के हो भनेर सोध्यो भने सिधा आउने जवाफ भनेको विद्या हो र आम मानिसले वुझेको पनी यही नै हो तर यो भनाइ लागु नुहेन पनी कुनै ब्यक्ति हुन्छ भन्दा अचम्म लाग्न सक्छ तर त्यस्ता ब्यक्तिहरु पनी यो स्वार्थि समाजमाथि धावा वोलीरहेका छन् र जस्ले आफ्नो छुट्टै पहिचान वनाउन सफल भएका छन् ति ब्यक्ति हुन नारायण घर्ति क्षेत्री ।

लेखक हरिप्रसाद पौडेल .जस्ले विद्या त वाड्न सकेनन् तर उनको जिवनलाई वाहिर वाट वुझ्नेहरुले नै वुझ्न नसक्ने गरी उनको जिवनमा जति दियो उति वढ्ने के हो भनेर सोध्यो भने त्यो हो धन ।

वेनी नगरपालिका ६ (साविक अर्थुङ्गे ८) का नारायण जि.सी. आफ्नो क्षेत्र (निर्माण ब्यवसाय)मा स्थापित नाम हो । आफ्नो जिवनकालमा नगदको अत्यन्तै दुःख महसुस गरेका नारायण जि.सी. हाल त्यो आफ्नो कुनै समयमा भएको नगदको अभावको पिडा वुझेर आहिले अरुहरुलाई त्यो पिडा हुन वाट सकेसम्म वचाउन आफ्नो ब्यवसायीक आम्दानीको केही भाग लगानी गरीरहेका छन् । यो लगानीमा उनको कुनै स्वार्थ छ भने त्यो हो आत्मसन्तुष्टि मात्र ।

कुनै समय उपचार पाउन नसकेर वितेकी वहिनीको सम्झनामा होस वा कुनैपनी दिनदुःखीहरुको रोजीरोटीको लागी होस आफ्नो उपस्थिती देखाइहाल्ने अत्यन्तै सहृदयी ब्यक्ति हुन नारायण जिसी । मुस्किलले विद्यालय स्तरको अध्ययन सकेका जि.सी. लाई न कुनै नेता वन्नु छ न कुनै सेलिव्रेटी । तर नजानेरै उनी सामाजिक नेता र सेलिव्रेटी वनिरहेका छन् त्यो सवै उनको सेवाभावको वेचैनीले मात्र हो।

पेशाले निर्माण ब्यवसायमा लागेको ब्यक्ति भन्दा झट्ट समाजले वुझ्ने भनेको गुण्डा नाइके, झुक्याएरै भएपनी काटमार मा समेत उत्रन सक्ने चुल्ठेमुन्द्रे ग्याङ्ग सञ्चालन गर्ने भनेर वुझ्छ तर जि.सी.को हकमा यि सवै बेकारका लाग्छन्, कुनै धुम्रपान मध्यपानको लत नरहेका कसैको कुभलो नचिताउने स्वभावका जि.सी. कुनै समय धनको अभावको कारण परीवारवाट नै तिरस्कार समेत सहनुपरेको थियो ।कामलाई सम्मान गर्ने स्वभावका जि.सी.को कार्यक्षेत्रमा अत्यन्तै लगावका साथ लागेको कारण आज जिल्ला मा हुने सवैकिसिमका मेला महोत्सव देखी कुनैपनी असहजता समेतमा सहयोगको कुरो उठ्दा पहिलो नंवरमा आउने नाम हो नारायण जिसी। जुनसुकै मेला महोत्सवमा सहयोग दाताको पहीलो नाम हुन्छ  जिसी., कसैले वाच्न पाएन त्यसमा सहयोग गर्ने पहिलो नाम हुन्छ नारायण जि.सी., जिल्लले संविधान दिवस मनाउनुप¥यो सहयोगीको नाम हो नारायण जि.सी.। कहिल्यै नथाक्ने सधैभरी उज्यालो अनुहार सहित उर्जा प्रदान गर्न निस्कने नाम हो नारायण  ।

कुनैपनी सेवाको लागी नेतृत्वमा पुग्नु पर्दैन भन्ने स्वभावका उनी नेकपा यूवा दस्ता यूवा संघ पूर्व जिल्ला अध्यक्ष हुन भने निर्माण ब्यवसायी महासंघ म्याग्दीका अध्यक्ष हुन तर सार्वजनीक कार्यक्रमा उपस्थिती हुने भाषण गर्ने भन्ने विषयवाट टाढ्रै रहन रुचाउने, हामी वोल्ने होइन गरेर देखाउने हो भन्ने स्वभावका उनी हिजो आजको समयमा आफुलाई विश्व आतंकीत वनाएको कोरोनाको प्रभाव कम वनाउन हर सम्भव प्रयासरत रहेका छन् । राज्य लागोस दैनिक ज्याला मज्दुरी गर्नेहरुको खाद्य सुरक्षाको लागी एकलाख म दिन्छु भनी सर्वप्रथम घोषणा गर्ने मनका धनी नारायण जिसी.ले आफ्नै वडाका वडा अध्यक्ष मार्फत विपन्न का लागि वितरण गर्न भनी सरसफाई सामाग्रि वितरण गराएका जिसी. वजारलाई केही भएपनी संक्रमण रहीत वनाउन आफ्नै लगानीमा आफ्नै मौजुदा साधनहरुलाई प्रविधि संग जोडेर आफै वजार निर्मलिकरण गर्दै हिडेका भेटिन्छन् भने आफ्नो घरमा वस्नेहरुलाई घरभाडा मिनाहा गरी अग्र स्थानमा आफैलाई उभ्याउन भ्याउछन ।

यो उनलाई कसैले स्यावसासी देओस भनेर होइन उनको रगतमा वगेको सामाजिक भावनाले नै हो ।

सवैजनालाई वाहिर ननिस्कन र सेल्फ क्वारेण्टाइनमा वस्न राज्यले आग्रह गरीरहेका वेला आफ्नै श्रोत साधन÷मानव श्रोत समेत परीचालन गरेर क्लोरीनको ट्यांकर वोकेर आफै फ्लस गर्दै हिड्नु यो कुनै वयान गर्न नसकिने उच्च स्तरीय मानव सेवा भन्दा अरु के नै हुन सक्छ र ? नारायण जी तपाईको यो भावनाको उच्च कदर गर्दै तपार्ईका मानव सेवा भावना अझै वढ्दै जाउन र त्यसको लागी तपाइलाइ कुनैपनी कुराको कमी नहोस भन्दै उच्च सम्मान ब्यक्त वर्दछु, सवै म्याग्देलीको तर्फवाट स्यालुट नारायण जी । २०७६चैत्र १७ गते

लेखक:पौडेलले बेनीअनलाइनमा समसामायिक विषयमा कलम चलाउँछन् ।

 

Leave a Reply