कोरोना भाइरस संक्रमण अर्थात कोभिड–१९ को नियन्त्रणका लागी भन्दै राज्यले विभिन्न पहलहरु गरीराखेको जनाएको छ ।

देश लकडाउनमा छ भने भारत लगाएत तेस्रो मुलुकवाट यस अवधिमा नेपाल भित्रिएका ब्यक्तिहरु र तिनिहरुका परीवार होम क्वारेण्टाइनमा वस्ने, आफुलाई संका लाग्यो भने स्थानिय सरकार, जिल्ला अस्पताल लगाएतमा तयार पारीएका क्वारेण्टाइनमा वस्ने तथा संक्रमणको संकालागेमा आइसोलेसनमा राख्ने र स्वाब परिक्षणका लागी पठाइने भन्दै तयारी गरेको देखिएको छ ।

स्थानिय सरकारहरुले आ–आफ्नो क्षमता अनुसार क्वारेण्टाइन कक्ष निर्माण गरेको जनाएका छन् । ति क्वारेण्टाइनहरु मपण्ड वमोजिमका छन् की छैनन् भनेर सोध्यो मिठो खान दिन नसके पनी गिठा भ्याकुर ख्वाएर भएपनी वचाउनु पर्छ त्यसैले कम्तिमा ब्यवस्था त छ भनेर जावफ पाउन सकिने अवस्था विद्यमान छ तर यो कती घातक छ भनेर अनुमान लागउन सकिने कारणहरु वाहीर आउन थालेका छन् ।

कस्तो प्रकृतिको लक्षण देखिएकोलाई क्वारेण्टाइन मा राख्ने तथा कोरोना विशेष अस्पताल पु¥याउने भन्ने स्पष्ट नहुँदा कोरोना परिक्षणका लागी लगिएका विरामीहरुको मृत्यू समेत हुन थालेको छ ।

वुटवल, पोखरा, पाटनका आइसोलेसनमा वसेका ब्यक्तिहरुको मृत्यू भएको तथा पाटनको रिपोर्ट माउन वाकिँ रहेको भएतापनी पोखरा तथा वुटवलमा भएको मृत्यू कोरोना पुष्टि नभएको भनेर सरकार ले भनिरहेको छ । यसमा त्रुटी कहाँनेर भयो यो खोजविनको विषय हुने की नहुने ? अन्य प्रकारको विरामी हो भने कोरोना अस्पताल किन पु¥याइयो, कोरोनाको कारण हो भने किन नेगेटिभ रिपोर्ट आयो भनिने सत्य तथ्य सूचना पाउनु नागरीकको नैसर्गिक सूचनाको अधिकार हो ।

मान्छे भटाभट मरीरहेका छन्, हो कोरोना नलागेपनी प्रत्यक दिन कुनै न कुनै कारण मानिसको मृत्यू हुने गर्दछ, त्यसलाई कोरोना संग नजोडौ भनेर स्वास्थ्य मन्त्रालयले भनिरहेको छ तर स्वास्थ्य मन्त्रालयको त्यो भनाई मा विश्वास गर्ने ठाऊँ छैन । मानिसहरु त हाम्रा वरीपरी पनी हिजो आज मरीरहेकै छन् तर नितिहरुलाई कोरोना संग जोडीएको छैन, जोडीएको छ त केवल कोरोना अस्पताल भनिएका स्थानमा भएको मृत्यू यसको सत्यतथ्य वाहीर आउनुपर्छ ।

मानिस मरीरहेका छन् तर सरकार भने कोरोनाको कारण होइन भनेर सूचना दिदैमा दंग परीरहेको छ । यदी कोरोनाको कारण होइन त्यो मृत्यू भने उनीहरुको अन्य अस्पतालमा सघन उपाचर गराउन पाएको भए उनिहरुको ज्यान वच्न सक्थ्यो की ? अनुमान गर्ने की नगर्ने ? कोरोना अस्पतालमा पुगेर भएको मृत्यू कम्ती दर्दनाक छैन, सरकार भन्छ कोरोना को कारण होइन तर त्यो मृत्यू वाट परीवार र मसुदाय भागेको अवस्था छ मानौ त्यो मृत्यू कुनै भयंकर हो लास उठाउने मान्छे पाइएको छैन, सवै त्राहि–त्राहि अवस्थामा रहेका छन्, एकातर्फ वाँच्नसक्ने मान्छे लाई कोरोना अस्पतालमा पु¥याई ज्यान लिइएको छ त्यसमा पनी मृत्यू पश्चातको ब्यवस्थापन समेत सहज वन्न सकेको छैन ।

स्थानिय सरकार देखी सवै तहमा तयार गरीएका क्वारेण्टाइन कक्षहरु तोकिएको मापदण्ड अनुसारका छन् की छैनन् त्यो परीक्षण हुन जरुरी छ क्वारेण्टाइन को नाममा मृत्यूघर वनाउन हुँदैन, त्यसैगरी कोरोना अस्पताल भनि तयार पारीएका स्थानहरु तोकिएको मापदण्ड पुरा गरी तयार पारीएका छन् की छैनन्, आवश्यक औजार उपकरणको ब्यवस्था, योग्य र पर्याप्त स्वास्थ्यकमी, आवश्यक पुर्वाधार सहित तयार पारीएको छ की छैन यो संका गर्न सकीने ठाऊँ छ ।

कोरोना अस्पताल पुगेर भएका मृत्यूको छानविन होस, कोरोनाको कारण मृत्यू हो वा होइन तथ्य जानाकारी नागरीकलाई दिने ब्यवस्था गर्नुपर्याे, आवश्यकता पर्छ भने विश्व स्वास्थ्य संगठनको सहारा लिनुपर्ने हुनसक्छ तर अफवाह फैलिने गरी घटना वाहीर नल्याउन सरकारलाई आग्रह गर्दछु ।

हरिप्रसाद पौडेल
२०७६ चैत्र १८–८ः१५

Leave a Reply