---Advertisement---

म्याग्दी विकास मञ्चका अध्यक्ष पुनद्वारा एक महिनाको घरभाडा छुट

On: March 31, 2020 11:52 AM
Follow Us:

म्याग्दीका एक घरधनीले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन्। बेनी नगरपालिका-७, बिरेन्द्रचोकका प्रकाश पुनले आफ्नो घरमा ब्यवसाय र भाडामा बस्नेहरुको एक महिनाको करिब ८० हजार रुपैयाँ भाडा छुट गर्ने घोषणा गर्नुभएको छ।

प्रवासी म्याग्देलीको साझा संस्था मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष, म्याग्दी विकास मञ्चका अध्यक्ष पुनले नोबेल कोरोना भाईरसका कारण विश्व नै ठप्प भएको बेला अहिले नेपाल पनि लक डाउनको अवस्थामा घरमा बस्नेहरुलाई समेत राहत दिने गरी चैत्र महिनाको भाडा छुट गरेको बताउनुभयो ।

‘मानव जाति नै संकटमा रहेको बेला सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्छ,‘मैले घरभाडा मिनाह गरेर सानो राहत दिने प्रयास गरेको छु’ पुनले भन्नुभयो ।

उहाँले घरमा भाडामा बस्ने तथा पसल सञ्चालन गर्नेहरु सबैको एक महिनाको भाडा छुटसँगै जिल्लामा समेत केही सहयोगको योजना बनाएको बताउनुभयो । आमा रुपदेवी, हाल यूकेमा रहनुभएकी धर्मपत्नी पार्वती पुन, धर्मपत्नी टिका गुरूङ एनआरएनए हङकङको अध्यक्ष एवम् समाजसेवी हुनुहुन्छ ।

गुरुङले एनआरएनमार्फत धेरै सामाजिक कार्य गर्नुभएको छ । कोरोना संक्रमको महामारी रोक्नका लागि लक डाउनले ब्यवसायीहरुलाई समस्या परेको अवस्थामा धमाधम घर मिनाहको अभियान सुरु भएको छ । म्याग्दीको निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघले लकडाउन अवधिको घरभाडा छुट गर्न त्यती प्रभावकारी अभियान सञ्चालन गरेको छैन्। बजारभित्र भाडामा ब्यवसाय गर्नेहरु मर्कामा परेको अवस्थामा घरभाडा छुट र मिनाह गर्नुपर्ने आवाज उठिरहेको छ । अहिलेसम्म बेनीका तीन घरधनीले छुट र एकले आधा महिनाको मिनाह गरेका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।