---Advertisement---

माछा मार्ने क्रममा कालिगण्डकी नदीले बगायो

On: March 31, 2020 12:16 PM
Follow Us:

माछा मार्ने क्रममा बेनी नगरपालिका-१ सिममा कालिगण्डकी नदीले एक जनालाई खोलाले बगाएको छ । जिल्लाको मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचन मंगलबार विहान खोलामा माछा मार्ने क्रममा बेपत्ता भएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बेनीअनलाइनलाई बताए।

खोलामा डोरीको सहायताले माछा मार्न गएका शेरचन बिचबाटै बेपत्ता भएको उनीसँगै गएका धवलागिरी गाउँपालिका–२ का हिम बहादुर पाईजाले जानकारी दिएपछि स्थानीयसँगै प्रहरी समेत घटनास्थलमा पुगेका छन् ।

बेपत्ता शेरचन थकाली सेवा समाजका कर्मचारी हुन् । लकडाउनमा कालिगण्डकी नदीमा माछा मार्ने क्रममा शेरचन र पाईजा विहानै खेलामा पुगेका थिए । डोरीसँगै खेलामा पसेका शेरचन बेपत्ता भएपछि खोज्न प्रहरीको टोली परिचालन गरिएको छ ।