कोरोनोको त्रास देशभर छ । देशभर लकडाउन । एम्बुलेन्स खोजे भेटिन्न । गाउँमा भेटिने जीपले कोरोना आशंकामा विरामी बोक्नै मान्दैनन् । कोरोना वाहेक अरु सामान्य विरामी समेत अस्पताल पु¥याउन महाभारत छ । जिल्लाको जलजला गाउँपालिका ८ नाग्लीवाङमा यस्तो विपत्तीको बेला वडाध्यक्ष हरिविकास जिसी आफैँ गाडी चलाउँदै अस्पतालमा विरामी पु¥याईरहेका छन् ।कोरोना आशंका गरिएका विरामी मात्रै हैन उनले अन्य दिर्घरोगीहरुलाई आँफै जीप चलाएर अस्पताल पु¥याउने कामले बेफुर्सदी छन् । गाउँमा विरामी बोक्ने कुनै सवारी साधान नपाएपछि ग १ ज ७२८७ नम्बर जीप भाडामा खोजेर आँफै विरामी बोकिरहेका छन् । धौलागिरी अञ्चल अस्पतालको प्रागंणमा भेटिएका अध्यक्ष जिसीले भने,‘ गाउँमा एम्बुलेन्स आउनै मानेनन् । अरु सवारीसाधानले मान्दै मानेनन् । यो बेला गाउँलेको सेवा गरौँ भनेर आफैँ जीप चलाएर हिँडेको छु । ’पिपिई पहिरिएका वडाध्यक्ष जिसीलाई कोरोना रोगको महामारी फैलिरहँदा स्वयं आफ्नो र परिवारको ख्याल नगरि वडावासीको सेवामा जुटेका छन् । गाउँवासीहरु समस्यामा पर्दा घरभित्र बस्न नसकेपछि आँफै गाडी चलाएर अस्पतालसम्म विरामी पु¥याउने, उनीहरुलाई आवश्यक औषधी खोज्दै हिँड्ने लगायतका काममा वडाध्यक्ष जिसी खटेका हुन् ।‘ विरामीलाई हिँडेर अस्पताल जाउ भन्न संभव भएन,’ जिसीले भने,‘ आफै पिपिई लगाएर विरामी बोक्दै छु ।’उनको गाउँका केहि यूवा कोरोनाको परिक्षणका लागि अस्पतालमा भर्ना भएका छन् । ती यूवा सोमवार सवारी खोज्दा नभेटेपछि आँफै मोटरसाईकल चलाएर अस्पताल पुगेका थिए । गाउँमा अहिले सवारीसाधान नपाउँदा सुत्केरी, विभिन्न रोग लागेका विरामीहरु र दुर्घटनाका घाईतहरु अस्पताल पुग्न समस्या भएको छ । गाउँमा समस्या परे वडाका प्रतिनिधीलाई फोन गर्छन गाउँले । राती समेत सुत्न नपाएको वडाध्यक्ष जिसीले बताएका छन् ।

उनी कोरोना गाउँमा फैलिन नदिन सचेतना फैलाउने देखि गाउँलेलाई परेका हरेक समस्या समाधान गर्न घरघरै पुग्दै आएका छन् । कहिलेकाँहि खाना खाए नखाएको समेत उनले भुल्ने गरेको सुनाए । उनले लकडाउनको बेला कोहि भोकै भए आफुलाई फोन गर्न सामाजिक सन्जाल मार्फत आग्रह गरेका छन् ।

आफ्नो मोवाईलमा जुनसुकै बेला फोन गर्न भन्दै उनले गाउँबासीहरुलाई आग्रह गर्दै स्टाटस समेत पोष्ट गरेका छन् । ‘ फेसबुकमा स्टाटस हेरेपछि फोन आईरहेका छन्,’ अस्पतालमा भेटिएका उनले भने,‘ यो विरामीलाई आवश्यक व्यवस्थापन पछि राहात वितरणको चाँजोपाँजो मिलाउनुपर्ला ।’

Leave a Reply