सदरमुकाम बेनीको न्यूरोडमा रहेको पाण्डे मेडिकल हलले म्याग्दीमा रहेका सञ्चारमाध्यमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि पत्रकारहरुको प्रयोजनका लागि मास्क, सेनिटाइजर र ग्लोब्स सहयोग गरेको हो।

मेडिकल हलका प्रोपोइटर प्रमोद महतो र विजयी अधिकारीले म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री र सचिव अमित विश्वकर्मालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

ग्लोब्स दुइसय थान,मास्क ५० वटा,स्यानीटाइजर १० वोतल सहयोग प्राप्त भएको अध्यक्ष खत्रीले बताउनुभयो । समाचार संकलनका लागि फिल्डमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनोस भनेर सहयोग गरेको अधिकारी र महतोले बताउनुभयो ।

उहाँहरुले यअसघि जिल्ला प्रशासन र बेनी नगरपालिका कार्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको थियो ।सहयोग स्वरुप प्राप्त भएका सामग्रीहरु सञ्चारमाध्यम तथा पत्रकारहरुलाई वितरण गरिएको सचिव अमित विश्वकर्माले बताउनुभयो ।

Leave a Reply