बेनी नगरपालिका-६, गुफाबाट एक जना चिनियाँ नागरिकलाई उद्धार गरिएको छ। करिब दुई महिना अगाडी भिजिट भिषामा नेपालमा आएका चिनियाँ नागरिकलाई बेनपा–५ पुलाचौरको धार्मिकस्थल पौल्स्त्य आश्रममबाट फर्किने क्रममा अर्थुङे सामुदायिक यूवा क्लवले उद्धार गरेको क्लवका अध्यक्ष नारायण पौडेलले बेनीअनलाइनलाई बताउनुभयो ।

‘गाउँमा अपरिचित ब्यक्ति प्रवेशको खवर लगत्तै खोजीकार्यमा पुगेका थियौं,‘हामीले उहाँलाई सम्मानपूर्वक प्रहरीको जिम्मा लगाएका छौ’ पौडेलले भन्नुभयो ।

उहाँले चिनियाँमुलका पर्यटकलाई गाउँमा कुनै असर गर्न सक्ने सम्भावनलाई समेत ख्याल गरी उद्धार गरिएको बताउँदै होटलमा रहेका विदेशीलाई आवतजावत गर्न नदिन समेत क्लवले अनुरोध गरेको छ। पौल्स्त्य आश्रमममा एक विदेशी रहेको जानकारी पाएपछि गाउँले समेत त्रसित भएका थिए।

कोरोना भाइरस (कोभिड१९) संक्रमणको जोखिमलाई मध्यनजर क्लवले लकडाउनको समयावधीभर अन्य गाउँबाट आउनेलाई प्रवेश निषेध गरिएको छ । त्यसैगरी अत्यन्त जरुरी काम बाहेक सामान्य कामका लागि गाउँलेहरुलाई आफ्नो गाउँबाट बाहिर जान समेत निषेध गरिएको छ ।

सावधानी र सतर्कता अपनाउन र लकडाउनका पुर्णपालना गर्न समेत सबैलाई आग्रह गरेका छन् । यसअगाडी समेत जिल्लाकै रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट दुईजनालाई उद्धार गरिएको थियो ।

Leave a Reply