विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउनले दैनिक ज्यालामजदुरी गर्नबाट बन्चित पर्वतको जलजला गाउँपालिका–७, धाइरिङका एक यूवालाई लायन्स क्लव बेनी पिस सिटीले आर्थिक सहयोग गरेको छ।

बेनीबजारमा पत्रपत्रिका र भरियाको रुपमा काम गर्ने सन्तु नेपालीलाई क्लवले मंगलबार एक कार्यक्रम गरी १ बोरा चामल, ६ केजी सुगरफ्री चालम लगायत अन्य खाद्यान्न साम्रागीहरुले उपलब्ध गराएको क्लवका अध्यक्ष नरेश श्रेष्ठले बताए । उनका अनुसार लकडाउनले दैनिकी चलाउन समस्या भएपछि सहयोग गरिएको बताए ।सहयोग हस्तान्तरण कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य र जोन चियरपर्सन लोकेश पुनमगरको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले सहयोगले सहज भएको बताउनुभयो । उक्त खाद्यान्न हुलाकचोकस्थित एलके टेड्रसका सञ्चालक दिपेन्द्र श्रेष्ठले उपलब्ध गराएका थिए ।

त्यस्तै क्लवले बेनपा–५ भिरमुनीका नरबहादुर खत्रीको परिवारलाई समेत सहयोग गरेको छ । अपाङ् खत्रीकी श्रीमति बिरामी छन् । चोकगल्ली र मन्दिरमा सहयोग जुटाएर जिवन निर्वाह गरिरहेका खत्रीले लकडाउनका कारण समस्यामा परेको जानकारीसँगै क्लवले सहयोग गरेको क्लवका प्रथम उपाध्यक्ष खम थापा मगरले बताए।क्लवले लकडाउनमा समस्यामा परेका गरिब तथा विपन्नलाई राहत सहयोग घोषणा गरेसँगै राहत वितरण सुरु गरेको छ । यसअगाडी बेनी नगरपालिका–९, घतानस्थित नेप्टेचौरमा स्थानीयलाई ३ सय थान मास्क र ४ सय ५० गोटा साबुन वितरण गरेको थियो।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका डिस्ट्रिक एड्भाइजर चन्द्रकुमार केसीले विपद्मा पिस सिटीको अभियानले उत्साहित बनाएको बताए । क्लवले विपन्नलाई घर बनाउने, निशुल्क शिक्षा लगायत विभिन्न रचनात्मक कार्य गदैं आइरहेको छ ।

Leave a Reply