गत शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बाग्लुङकी किशोरीको स्वास्थ्य सामान्य बन्दै गएको छ । मंगलबार राती न्यूज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधाकुरा जनतासँगमा आफ्नो परिचय खुलाउँदै संक्रमित यूवतीले आफुँ आइसोलेसनमा रहेपनि कुनैपनि औषधीको प्रयोग गर्न नपरेको बताउँदै आफ्नो अवस्था समान्य रहेको बताएकी छन् ।

‘कतारको दोहा हुँदै काठमाडौं आउने जहाजमा सवार एकजनालाई संक्रमण देखिएपछि सतकर्ता अपनाएको थिए,‘मैले जानीजानी कोहीलाई भेटेको छैन्’ सापकोटा थरकी यूवतीले सिधाकुरा जनता कार्यक्रममा भनिन् । उनले आफूँसँगै आएको दिदीलाई कोरोना देखिएपछि कसैलाई नभेटेको उनले बताईन्।

४ चैतमा फ्रान्सबाट कतार हुँदै कतार एयरवेजमार्फत नेपाल आएको दिदीलाई रिर्पोट पोजेटिभ सार्वजनिक हुनु अगाडी नै ज्वरो आएको अवस्थामा घरमै होम क्वारेन्टाइनमा बसेको बताउँदै घर आसपासमा केही साथीहरुलाई भेटेपनि बाहिर नगएको बताईन् ।

‘मलाई फोनमा धेरैले सान्त्वना दिनुहुन्छ,‘केहीले गाली गर्नुहुन्छ’ मैले कुनैपनि गल्ती गरेको छैन’ उनले भनिन् । आफुँलाई अस्पतालमा राम्रो रेखदेख रहेको बताउँदै समाजमा नकारात्मक सन्देश प्रवाह नगरिदिन समेत अपिल गरेकी छन् । उनले मन्दिर, जन्मदिनमा नगएको बताईन् ।

आइसोलेसनबाटै प्रत्यक्ष प्रशारणमा जोडिएकी यूवतीसँगै उनका बुबा, हजुरबुबा, हजुरआमा र भेट्न आएका आफन्तहरु समेत घरमै क्वारेन्टाइनमा बसेका छन् । यूवतीका बुबाले समेत आफ्नो छोरीले ज्वरो आएपछि घरमै सर्तकता अपनाएको बताए।

‘फ्रान्सबाट फर्किएको यूवतीमा कोरोना देखिएलगत्तै हाम्रो परिवारले उच्च सर्तकता अपनाएको थियो,‘ परीक्षणका लागि स्वाब पठाइसक्नुभएको छ’ यूवतीका बुबाले भने । युवतीको परिवार र उनीसँगै आएकाहरूको पनि कोरोना परीक्षणका लागि नमुना संकलन गरेको उनले चिकित्सकलाई धन्यवाद दिएका छन् ।

आफुँहरुले परिचय लुकाउँदा समाजमा नकारात्मक सन्देश प्रवाह हुने भएकाले परिचय खुलाएरै कोरोना बिरुद्धको अभियानमा सहभागी हुने उनले बताए । यता धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा शनिबार रातिदेखि नै उपचारमा रहेकी किशोरीको स्वास्थ्यमा राम्रो सुधार आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए ।

उनले राम्रोसँग खाना खाएको र मनोबल पनि बढ्ने गरी मनोचिकित्सक परामर्श समेत दिएको बताए । ‘उहाँको स्वास्थ्यमा आएको सुधारले हामी उत्साहित भएका छौँ ।’ स्वास्थ्यमा सुधार आएसँगै उनको दोस्रो चरणको कोरोना परीक्षण गरिदै छ’ डा. विकले भने । यूवतीको स्वास्थ्यमा सुधारको संकेत देखिएकाले दोस्रो परीक्षणको नतिजा नेगेटिभ आउने अस्पतालले अपेक्षा गरेको छ ।

Leave a Reply