विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन सरकारले दुईसाता लकडाउन गरेपनि जिल्लाको पर्यटकीयस्थल टोड्केमा घुम्न जानेहरु नरोकिएपछि टोड्के जोड्ने सम्पूर्ण नाकाहरु बन्द गरिएको छ ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्केमा अवस्थित टोड्केमा लकडाउनको समयमा आसपासका क्षेत्रबाट पैदलयात्रा र लुकिछिपी मोटरसाइकलमा समेत आवतजावत गर्न थालेपछि मंगला गाउँपालिका-१, पूर्णगाउँकोलाल यूवा क्लवले अति आवश्यकता परेमा खोल्ने गरी बाटो बन्द गरिएको अध्यक्ष टेक बहादुर राम्जालीले बताउनुभयो।‘गाउँबाट बाहिर जानलाई समेत बन्द गरिएको छ,‘यो महामारीबाट जोगिन सबै सचेत हुनुपर्छ’ अध्यक्ष राम्जालीले भन्नुभयो ।

मंगला–१ कुहुँ, वडा नं २ तल्लो डडुवा, बेनपा–५, पुलाचौरको गाजने,डडुवा, वठा नं १० वाखेत, रघुंगगा गाउँपालिका–५ झिँबाट पर्यटकीयस्थल टोड्केमा आवतजावत अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको क्लवका उपाध्यक्ष ताराप्रसाद आचार्य ‘बाबुराम’ले बताउनुभयो ।‘खेतबारीमा समेत धेरैलाई जान दिइएको छैन्,‘यो रहर नभई बाध्यता हो’ उपाध्यक्ष आचार्यले भन्नुभयो ।

क्लवले दुईदिन अगाडी सार्वजिनक सूचना समेत जारी गरेको थियो । टोड्के घुम्न आउने बाहनामा संक्रमणको जोखिमलाई मध्यनजर गरी आवतजावत बन्द गरिएको अवस्थामा बिरामी लगायत अति आवश्यकता परेमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

लकडाउनले गाउँमा प्रवेश गरेकाहरु समेत टोड्के आसपासको जंगलमा फुलेको लालीगुराँस टिप्न समेत पुग्ने गरेको अवस्थामा बाटो बन्द गरिएको क्लवले जनाएको छ ।

क्लवको अभियानमा जनप्रतिनिधि सहित स्थानीयले सेत साथ दिएका छन् । यसैबीच क्लवले जनचेतनामुलक कार्यक्रमहरु सँगै कोरोना रोग बिरुद्ध आवश्यकता अनुसारका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

Leave a Reply