विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन सरकारले दुईसाता लकडाउनसँगै सवारीसाधन र पैदल आवतजावतमा समेत कडाई गरेको छ ।

छिमेकी जिल्ला बागलुङको कुडुलेमा एक यूवतीलाई कोरोना पोजेटिभ देखिएसँग बागलुङ जोड्ने बेनी नगरपालिका–१, रत्नेचौरको पक्कीपुल, झोलुङे र पैदलयात्रामा समेत स्थानीयले कडाई गरेका छन् ।लकडाउनमा घरमा बस्दा आजित भएर बाहिर निस्कने, नजिकका केही स्थानहरुमा आवतजावत गर्ने, प्रहरी प्रशासनलाई झुक्काएर सवारीसाधनमा समते कुद्ने जस्ता गतिविधि भएपछि संक्रमणको जोखिलाई मध्यनजर गरी आवतजावतका लागी समेत रोक लगाउन स्थानीयले नै अग्रसरता देखाइरहेका छन् । पर्खाल नै लगाएर बाटो बन्दको सामाजिक सञ्जालमा चर्को विरोध समेत भइरहेको छ ।लकडाउन उल्लंघन भइरहेको अवस्थामा नाका नै बन्द गरेर अत्यावश्यक सवारी बाहेक अन्य सवारीलाई गाउँ छिर्न नदिने एउटै उपाय नाका बन्द भएको मंगला गाउँपालिका- २, भाईवाङका यूवा सन्देश आचार्यले बताउनुभयो । ‘सडक बन्द नगरेसम्म लकडाउनको प्रभावकारी कार्यान्वयन देखिएन्,‘अति आवश्यकता परेकालाई सधै बाटो खुल्ला छ’ आचार्यले भन्नुभयो ।

गाउँमा प्रहरीको पहुँच नहुदाँ मोटरसाईकलमा आवतजावत गर्ने, समुह बनाएर अर्को गाउँबाट समेत प्रवेश गर्ने जस्ता गतिविधिलाई रोक्न मंगला गापा–१ पूर्णगाउँमै दुईदिनसम्म सन्देशमुलक सूचना प्रशारण गरी पर्यटकीयस्थल टोड्के जोड्ने बाटो नै बन्द गरिएको लाल यूवा क्लवका सचिव सागर सुबेदीले बताउनुभयो ।

‘केहीले लकडाउनलाई घुम्ने समयको रुपमा लिएको देखियो,‘घरमै बस्नुपर्नेमा घुम्न निस्कनेहरुलाई रोक्न समेत बाध्य भएर बाटो बन्द गरिएको छ’सुबेदीले भन्नुभयो ।
बाटो बन्द सहित खेतबारीमा भिडभाड गर्ने, समुह बनाएर छलफल गर्ने र गाउँबाट समेत विना काम अर्को गाउँमा जानेलाई समेत रोक लगाइएको बताउनुभयो ।मालिका गाउँपालिका–१ र २ मा हिमाली यूवा क्लवले बन्द गरेको बाटो … जनताको सुरक्षाका लागि सरकारले गरेको प्रयासमा सर्मथन जनाउनु नै कोरोनको संक्रमणबाट जोगिनु भएकाले जिल्लाको बेनी नगरपालिकासँगै मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका हरेक बस्तीबाट अर्को बस्तीमा जान रोक लगाइएको छ ।

ग्रामिण सडकमा ठाउँ–ठाउँमा ढुंगा थुपारिएको छ भने केहीमा हिमपाइप समेत राखेर बाटो बन्द गरिएको छ । एउटै वडाभित्र रहेका अर्को गाउँमा जान समेत हम्मेहम्मे पर्ने गरी स्थानीय तहले गठन गरेको स्वयमसेवक दस्ता समेत परिचालन गरिएको छ ।

लकडाउन अवज्ञा गरी अनावश्यक सवारी साधन चलाउने क्रम गाउँमा नरोकिएपछि यो अवस्था आएको बेनपा–१० पात्लेखेतका यूवा भिमनाथ शर्माको भनाई छ । केही बस्तीमा सडक छेक्न लगाइएको बारमै कोरोनाबाट बच्ने उपाय लगायतका सन्देश लेखेर टासिँएको छ । कोरोना भाइरसबाट आफू बच्न र अरुलाई पनि बचाउने उद्देश्यले टोलमा प्रवेश निषेधको घोषणा गरेर आलोपालो गस्ती समेत भइरहेको छ । सूचनाको अवज्ञा गरी गाउँ प्रवेश गर्ने प्रयास गरेमा स्थानीय सरकार र प्रहरीको जिम्मा समेत लगाउने चेतावनी समेत दिइएको छ । जिल्लाका ६ वटै स्थानीय तहका ४५ वडामध्ये अधिकांसमा उक्त नियम लागु गरिएको छ । स्थानीयको अभियानलाई जनप्रतिनिधिले समेत समर्थन गदैं सघाइरहेका छन् ।

Leave a Reply