जिल्लाको मालिका गाउँपालिका–६, दरबाङमा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएका त्रिचालिस घरपरिवारलाई राहत वितरण गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई रोकथाम गर्न सरकारले दुईसाता लकडाउन गरेपछि हातमुख जोड्न नै धौ–धौ परेको अवस्थालाई वडा नं ६ अन्तरगत रहेको रेडक्रस सोसाईटी, लायन्स क्लव, यूवा क्लव, टोल विकास समिति लगायतको सहयोगमा त्रिचालिस घरधुरीका १ सय ३८ सदस्यलाई लाभान्वित हुने गरी खाद्य साम्रागी वितरण गरिएको वडामा गठित विपद् ब्यवस्थापन समितिका अध्यक्ष सन्तनाथ सुबेदीले बताउनुभयो ।

दरबाङमा मजदुरी गर्ने तथा ग्रामिण क्षेत्रमा समेत विपन्नहरुको पहिचान गरी राहत वितरण गरिएको वडा अध्यक्ष समेत रहेका सुबेदीको भनाई छ । राहत वितरण कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

वडामा ४३ सदस्यीय विपद् ब्यवस्थापन समिति समेत गठन गरिएको छ । वडाभित्र करिव १ सय २१ घरधुरीलाई वितरण गर्ने योजना छ । ‘सकेसम्म घरमै पुगेर राहत वितरण गछौ,‘यो समस्यालाई सबैले मिलेर सहयोग गर्नुपर्छ’ अध्यक्ष सुबेदीले भन्नुभयो । लकडाउनले घरबाहिर निस्कन नस्कने अवस्थामा मजदुरी गरी जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकाको अवस्था दयनीय बन्दै जान थालेको अवस्थामा जिल्लाभरी स्थानीय तहले समेत तथ्याङ्क संकलन गरिरहेका छन् ।

Leave a Reply