म्याग्दीको मंगला गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागितिस लाखको कोष बनाएको छ । गाँउपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रणक कोषमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले ब्यक्तिगत रुपमा १ लाख सहयोग गर्नुभएको छ ।

समितिका अध्यक्ष समेत रहनुभएका रोकाको अध्यक्षतामा बसेको बैठकले कोषमार्फत कोरोना रोकथाम अभियानलाई थप प्रभावकारी बनाउने बताउनुभयो । कोषमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले १५ हजार, वडा नं २ भाईवाङका चुडामणी गौतमले क्वारेन्टाइनबाट निस्कने बेलामा चार हजार ५ सय सहयोग गरेको गाउँपालिकाका सूचना अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो ।

कोषले १६ सदस्यीय स्वयंमसेवक कार्यदल गठन गरेको छ । कार्यदललाई संयोजकमा अध्यक्ष रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा नं २ का अध्यक्ष धन बहादुर खाती, बावियाचौर प्रहरी चौकी प्रमुख असाई सोमबहादुर खत्रीले प्रशिक्षण समेत दिनुभएको छ । यसैबीच राहत कोषमा सहयोग गर्न चाहनेले सम्पर्क गर्न सक्ने गाउँपालिकाले जनाएको छ।

Leave a Reply