कोराना भाइसरको संक्रमणसँग मिल्दो लक्षण भएका एकजनाको नमुना परिक्षणका लागि ‘स्वाव’ पठाइएको छ ।

गत चैत्र ८ गते भारतबाट आएर बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीयको क्वारेन्टाइनमा बसेका यूवाको ‘स्वाव’ नमुना परिक्षणका लागि एम्बुलेन्सबाट गण्डकी प्रदेशको कोरोनाको नमुना परिक्षण केन्द्रमा पठाइएको बेनी अस्पतला ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो।

‘ज्वरो आएकाले उहाँको स्वाव पठाइएको छ,‘भोली रिर्पोट आउँछ’ अध्यक्ष कटुवालले बेनीअनलाइनलाई भन्नुभयो । उहाँका अनुसार बेनी अस्पतालको आइसोलेसनमा रहेकी एक महिलाको ‘स्वाब’ पोखराबाट थप परीक्षणका लागी काठमाण्डोको टेकुमा स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ।

पोखराबाट रिर्पोट लिएर म्याग्दीमा सामाजिक अभियान्ता चन्द्रकुमार केसी काठमाण्डौ पुग्नुभएको थियो । पर्वतबेनीमा बस्ने बागलुङकी महिलाको रिर्पोट आज साझसम्म आइपुग्ने छ म्याग्दीबाट कोरोनाको तीनवटा नमुना पठाइएकोमा यसअगाडी एकजनाको नेगेटिभ आइसकेको छ । यसैबीच बेनीको क्वारेन्टाइनमा थप दुईजना थपिएका छन् ।

बेनपा–८ गणेशटोलका र रघुगंगा गाउँपालिका– ३ पिप्लेका यूवालाई बेनी अस्पतालबाट क्वारेन्टाइनमा लगिएको कोरोना एक्सन टिमका सदस्य सुरत केसीले बताउनुभयो । भारतबाट आएकालाई हल्का ज्वरो र रुघाखोकी लागेपछि उपचारलगत्तै क्वारेन्टाइनमा पठाइएको अस्पतालले जनाएको छ ।

Leave a Reply