छिमेकी जिल्ला बागलुङमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको बताएका थिए ।

बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे । नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकार सम्मेलनमा महिलाको ठेगाना सहित अन्य जानकारी गराइएको छैन् ।

Leave a Reply