विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउनले दैनिक ज्यालामजदुरी गर्नबाट बन्चित भएकालाई सहयोग हस्तान्तरण कार्यक्रम अन्तरगत लायन्स क्लव बेनी पिस सिटीले बेनी नगरपालिकालाई ५० बोरा चामल हस्तान्तरण गरेको छ । बिहिबार बिरेन्द्रचोकमा आयोजित कार्यक्रममा वडा नं ७ मा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने गरी हस्तान्तरण गरिएको क्लवका अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार यसअगाडी विपन्न र ज्यालामजदुरी गरी जिवन निर्वाह गरिरहेकालाई सहयोग गरिएको बताउनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका डिस्ट्रिक को–एड्भाइजर सन्तोष रावल, पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्यले वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई उक्त सहयोग हस्तान्तरण गनुर््भएको थियो ।

सहयोग बुझ्दै वडा अध्यक्ष श्रेष्ठले क्लवमार्फत उपलब्ध राहतलाई वडाभित्र रहेका मजदुर र आर्थिक अवस्था कमजोर भएकालाई हस्तान्तरण गर्ने बताउनुभयो । क्लवले ८० हजार बराबरको खाद्यान्न सहयोग गरेको हो ।

यसअगाडी ११ जना गरिब तथा मजुदरी गर्नेलाई सहयोग गरिएको थियो क्लवका पूर्व अध्यक्ष एवम् जोन चियरपर्सन लोकेश पुनमगरले बताउनुभयो । क्लवमार्फत कुल १ लाख २३ हजार संकलन गरिएको थियो । क्लवले विपन्न र मजदुरको नाम समेत वडा कार्यालयलाई उपलब्ध गराएको छ ।

कोरोना रोकथाम अभियानमा क्लवले बेनी नगरपालिका–९, घतानस्थित नेप्टेचौरमा स्थानीयलाई ३ सय थान मास्क र ४ सय ५० गोटा साबुन वितरण गरेको थियो । क्लवले विपन्नलाई घर बनाउने, निशुल्क शिक्षा लगायत विभिन्न रचनात्मक कार्य गदैं आइरहेको छ ।

Leave a Reply