नेपालमा कोरोना भाईरसको छैठौं संक्रमितलाई अस्पतालमा ल्याउने तयारी भइरहेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार विहिबार थप एक महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिएसँगै बागलुङ नगरपालिका ३ की ६५ वर्षिय महिलामा अस्पताल ल्याउने तयारी भएको हो ।

महिला गौडाकोटास्थित आफ्नै घरमा क्वारेन्टाइन बसेकी थिइन। नेपालमा दोस्रो संक्रमित भेटिएकी काठमाण्डौकी एक र पाँचौ संक्रमित भेटिएकी बाग्लुङकै एक युवतीसँग कतार हुदै नेपाल आएकी हुन।

स्वास्थ्य विभागका सुचना अधिकारी गणेश श्रीवास्तवले भने संक्रमित महिलालाई उपचारका लागी नजिकको अस्पतालमा ल्याउने प्रदेश अस्पतालमार्फत तयारी भईरहेको छ ।

धौलागिरी अस्पतालका प्रमुख शैलेन्द्र बिक. पोखरेलले भने आफुहरुलाई अहिलेसम्म अस्पताल ल्याउन निर्देशन आईनसकेको बताए । बाग्लुङका अरु तीनजनामाथी बढि निगरानी गरिरहेको स्वास्थ्य विभागको उच्च स्रोतले बताएको छ।

कतार एयरवेजको फलाईट ६५२ बाट चैत्र ४ गते नेपाल आएका १ सय ५८ यात्रु मध्य तीनजनामा संक्रमण पुष्टि भइसकेको छ भने अन्यको पनि नमुना परिक्षण हुदैछ । अहिलेसम्म सो विमानमा आएका ६ जना भने सरकारको सम्पर्कमा आएका छैनन ।

Leave a Reply