बेनी अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएकी एक महिलाको कोराना भाइसरको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि मंगलबार नमुना परीक्षणका लागि पोखरा पठाइएको थियो ।

एम्बुलेन्सबाट गण्डकी प्रदेशको कोरोनाको नमुना परिक्षण केन्द्रमा पठाइएको ‘स्वाब’लाई थप परीक्षणका लागी काठमाण्डौ पठाउनुपर्ने जानकारी पाएपछि बुधबार दिउँसो बेनीबाट समाजसेवी चन्द्रकुमार केसी पोखरा प्रस्थान गर्नुभयो ।

पोखराबाट ‘स्वाब’ लिएर बुधबार राती नै आफ्नै सवारीसाधनमा काठमाण्डौ पुगेका केसीले काठमाण्डोको टेकुमा स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । कोरोना बिरुद्धको सामाजिक एवम् सहयोग हस्तान्तरण कार्यक्रममा समेत सक्रिय रहेका केसीले गण्डकी प्रदेशसँग सहकार्य गरी काम गर्ने चाहना अनुसार नमुना परीक्षणमा थप सहज हुने गरी काठमाण्डौसम्म लगेको बताउनुभयो।

‘यस्ता अभियानमा थप सहयोग गर्न चाहन्छु,‘पोखराबाट थप परीक्षण आवश्यकता रहेको जानकारीसँगै काठमाण्डौ लैजाँदा छिटै रिर्पोट आउन भएकाले राती नै गए’ केसीले भन्नुभयो । उहाँले केहीदिन अगाडी सामाजिक सञ्जालमा रिर्पोट लिएर पोखरा र काठमाण्डौ जान तयार रहेको बताउनुभएको थियो ।

छिमेकी जिल्ला बागलुङ घर भई हाल पर्वतको जलजला गाउँपालिकामा बस्ने २७ बर्षिया यूवतीलाई कोरोना भाइरस जस्तै सम्भावित लक्षण देखापरेपछि बेनी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । श्वाप्रश्वासमा समस्या भएपछि अस्पतालमा उपचारको क्रममा थप निगरानी आवश्यकता रहेकाले राखिएको छ ।

महिलाको पोखराबाट पठाइएको रिर्पोटमा कोरोनाको जोखिम नरहेपनि थप रिर्पोटका लागी काठमाण्डौ लगिएको स्रोतले जनाएको छ। महिलाको रिर्पोट बिहिबार रातीसम्म आउने अस्पतालले जनाएको छ ।

Leave a Reply