कोरोना भाइरस (कोभिड–१९)का कारण जोखिमबाट बच्नका लागि लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई पन्जा र मास्क सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको नवीन आनन्द योग केन्द्र गलेश्वर शाखा र गलेश्वरधाम आमा समूहको संयुक्त सहयोगमा सुरक्षाकर्मीलाई सामग्रीहरु सहयोग गरिएको हो ।

दुवै संस्थाबाट १ सय थान पन्जा, ५० थान मास्क र ५ कार्टुन मिनरल वाटर सहयोग गरिएको नवीन आनन्द योग केन्द्र गलेश्वर शाखाले जनाएको छ ।

हाल विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिमबाट बच्न भन्दै गलेश्वर र बेनीबजारको विभिन्न स्थानमा खटिएका सुरक्षाकर्मीलाई पन्जा, मास्कलगायत सामग्री सहयोग गरिएको केन्द्रका सचिव निशा जिसी महतले जानकारी दिनुभयो ।उक्त सामग्रीहरु केन्द्रका अध्यक्ष बालकुमार लामिछाने, सचिव महत, कोषाध्यक्ष विन्दु कार्की र सहसचिव मनु फगामीले वितरण गरेका थिए । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि जिल्लास्थित विभिन्न संघसंस्थाहरु सचेतनामूलक कार्यक्रमसहित सामग्री सहयोग तथा हस्तान्तरण कार्यक्रममा जुटेका छन् ।

Leave a Reply