पर्वतको जलजला गाउँपालिका–३, पर्वतबेनीमा बस्ने एक महिलाको रपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसकोे परिक्षणका लागि बेनी अस्पतालले पठाएको एक रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना भाइरसको संक्रमणको आशंकामा आइसोलेसन वार्डमा भर्ना गरिएकी बागलुङ घर भई हाल पर्वतबेनीमा बस्ने यूवतीको ‘स्वाव’ गण्डकी प्रदेशले थप परीक्षणका लागी काठमाण्डोको टेकुमा स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको थियो ।

‘रिर्पोट नेगेटिभ आएको छ,‘यसले ठूलो राहत मिलेको छ’ अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले भन्नुभयो । महिलालाई भेटेका आफन्त म्याग्दीको धवलागिरी गाउँपालिका–७ मराङमा छन् ।

पोखराबाट थप परीक्षणका लागि काठमाण्डौ पठाइएको अवस्थामा पर्वतबेनी देखि म्याग्दीसम्म सबै त्रसित बनेको अवस्थामा रिर्पोटले कोरोना भाइरसको संक्रमणको जोखिमलाई टारेको छ । नेगेटिभ रिर्पोट आएको जानकारी अस्पतालका अध्यक्ष कटुवालले सामाजिक सञ्जालमा सार्वजनिक गरेपनि औपचारिक घोषणा भने भएको छैन्।

गत चैत्र ८ गते भारतबाट आएर बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीयको क्वारेन्टाइनमा बसेका यूवाको ‘स्वाव’ नमुना परिक्षणका लागि बिहिबार एम्बुलेन्सबाट गण्डकी प्रदेशको कोरोनाको नमुना परिक्षण केन्द्रमा पठाइएको छ ।

म्याग्दीबाट हालसम्म तीनजनाको पठाइएकोमा दुईजनाको नेगेटिभ आएको छ । एकजनाको आज सार्वजनिक हुन्छ ।

Leave a Reply