धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ बर्षिय किशोरीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

नेपालको पाँचौं विरामीको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । बिहिबार बेलुका उक्त स्वाबको रिपोर्ट पोजेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका फिजिसियन डाक्टर प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।

तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अबको केहि दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ ।४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ बर्षिय युवतीको चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य छ ।

Leave a Reply