अर्जुन कार्की
बागलुङ, २१ चैत ।
चैत २० गते बिहिबार दिउँसो ४.१५ मा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भयो । पत्रकार सम्मेलनको अन्तिममा साढे ४ बजे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको पुष्टि भएको जानकारी गराए ।

उनले छैटौ कहाँको हो भन्ने जानकारी नगराएपनि यस अगाडी पुष्टि भएका दुई जना महिला सवार कतारबाट आएको विमानमा सवार व्यक्ति रहेको जानकारी गराए । उनले अन्य जानकारी केहि बेरमा आउने बताउँदै पत्रकार सम्मेलनको अन्त्य गरे ।
पत्रकार सम्मेलनको अन्त्यसँगै उक्त महिला कहाँको हो भन्ने बारेमा काठमाडौंका मिडिया र फेसबुकमा हल्ला चल्न सुरु भयो ।

कसैले बागलुङकी युवती त कसैले बृद्ध महिला रहेको समाचार सम्प्रेषण गरिसकेका थिए। अन्ततः उनी बागलुङ नगरपालिका–३ की ६५ बर्षिय बृद्ध महिला रहेको र उनको स्वाब धौलागिरी अञ्चल अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयको चिकित्सवहरुको टोलीले परीक्षणको लागि पठाएको भन्ने समाचार आयो ।

यति हुँदा सम्म न त धौलागिरी अञ्चल अस्पतालका डाक्टरलाई थाहा थियो न त जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंलाई नै । समाचार आयो बागलुङकी महिला भएको भन्दा आफुहरुलाई राष्ट्रिय प्रयोगशाला काठमाडौंबाट कुनै आधिकारीक जानकारी प्राप्त नभएको जानकारी गराएका थिए ।

अन्ततः ढिलै भएपनि अस्पताल र जिल्ला स्वास्थ्यका चिकित्सवहरुलाई बागलुङबाट पठाएको अर्को नमुना परीक्षण पोजेटिभ आएको थाहा भयो ।

उक्त महिला होम क्वारेन्टाइनमै थिइन । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै बस्दै आएकी थिइन् । उनलाई संक्रमण भएको थाहा भएपनि अस्पतालसम्म लैजान भने त्यति सहज भने भएन ।

कोरोना विरामी देखिएपछि अस्पताल लैजाउनको लागि राखिएको नेपाल रेडक्रस सोसाइटी बागलुङको एम्बुलेन्स चालक जान नमानेपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले आफ्नो चालक रुद्र पराजुलीलाई लिएर विरामी लिन राती १० बजे उनको घर पुगेका थिए ।

प्रमुख गुरौले सिस्टमको कारण यस्तो भएको बताए । उनले विरामी लिन जानुपर्ने रेडक्रसको एम्बुलेन्सको चालक फरार भएको भन्ने सुनेपछि अस्पताललाई उहाँहरुको चालकलाई पठाउन आग्रह गर्दा पोखरा गएको भन्ने उत्तर दिएको बताए । उनले केहि सिप नलागेपछि रिक्स मोलेर स्वास्थ्य कार्यालयका एम्बुलेन्स चालक र आफुले पिपिई लगाएर विरामी लिन गएको जानकारी गराए ।

प्रमुख गुरौले अस्पतालमा भर्नाभएपछि मात्र स्वाब परिक्षण गर्नुपर्ने बताए । उनले यहाँ घरमै पुगेर स्वाब परिक्षण गर्न माथिबाट फोन आउँदा त्यसो गर्दा यस्तो समस्याहरु आउने गर्दछ । विरामी भएपछि अस्पतालमा भर्ना हुनुपर्ने र उनीहरुको स्वाब परिक्षणको लागि पठाउनुपर्ने गुरौले बताए । उनले भने नमुना परिक्षणको रिपोर्ट पोजेटिभ आएमा अस्पतालमै उपचार हुने र नेगेटिभ आएमा डिस्चार्ज भै घर जाने हो ।

यस अगाडी पहिलो संक्रमित कुँडुलेकी युवतीलाई भर्ना गर्ना डाक्टरहरुलाई धम्काउन कोरोना भाइरस नियन्त्रण तथा रोकथाम जिल्ला कमाण्ड भने दोस्रो विरामीलाई भर्ना गर्ने मामिलामा निरिह सावित भयो । हिजोको घटनामा न त प्रमुख जिल्ला अधिकारीले गम्भिरताको साथ अगाडी बढेर फरार भएका एम्बुलेन्स चालकलाई ल्याउन सके न त जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपिले नै ।

Leave a Reply