गत फागुन ३० गते सहयोग जुटाएर बनाइएको घर आफैले उद्घाटन गरी प्रवेश गरेकी प्यारालाइसिसले थलिएकी बेनी नगरपालिका–२,फापरखेतकी ६० बर्षिया पुतली सार्कीको बिहिबार साँझ मृत्यु भयो । श्रीमान पतिराम सार्की विगत सात बर्षदेखि पशुचौपायाको गोठमा बस्दै आएकी पुतलीको आफ्नै घरमा बस्ने चाहना पुरा भएको एक महिना नवित्दै मृत्यु भयो।

करिब एकदशक पशुचौपायाको गोठ, कहिले खुल्ला आकाश, छिमेकीको आगनमा भोकभोकै सुतेर रात विताएकी सार्कीको स्वदेश तथा विदेशबाट विभिन्न व्यक्तिको सहयोगमा घर ठडिएपछि स्टेचरमा गोठबाट नयाँ घरमा मालाले छपक्कै सजिएर प्रवेश गर्दा आफ्नो चाहना पुरा भएको बताएकी थिईन्। सार्कीको मृत्युसँगै दाहसंस्कार गर्न आवश्यक पर्ने दाउरा, कात्रो लगायत आवश्यक पर्ने साम्रागी गाउँलेसँग सापटी मागेर प्रयोग गरिएको स्थानीय देबु नेपालीले बताए । ‘साथमा केही छैन्,‘किरिया खर्च जुटाउन समेत हम्मेहम्मे परेको छ’ नेपालीले बेनीअनलाइनलाई भने ।

उनले चन्दा सहयोग जुटाएर उपचार, घर बनाउन सकिएपछि मृतकलाई घाटसम्म पुर्याउन स्थानीय अशोक घिमिरेले ५ हजार ऋण दिएको बताए । त्यस्तै नजिकको पसलबाट सामानहरु उधारोमा लिएको बताए ।

करिब १ लाख २२ हजार सहयोग सहयोग जुटाएर उपचारसँगै घर बनाउँदा, १४ हजारले बन्धकी राखेको जमिन फिर्ता गर्दा समेत प्रयोग गरिएको थियो । उक्त जमिनमा नै घर बनाइएको थियो । केहीदिन अगाडी जापानमा रहेका बागलुङका यूवाहरुले सहयोग गरेको आर्थिकले खाद्यान्न साम्रागी हस्तान्तरण गरिएकोले केही राहत मिलेको स्थानीय अगुवा भिमबहादुर पौडेलले बताए । ‘सानो–सानो सहयोग गरेर भएपनि किरिया खर्च जुटाउनुपर्ने छ,‘गाउँकै विपन्नलाई अर्को संकट आइपरेको छ’ पौडेलले भने।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमले घरभित्रै बसेको अवस्थामा केही आफन्त र छिमेकीहरुले पुतलीको शुक्रबार कालिगण्डकीमा अन्तेष्टी गरेका छन् ।पोखराको मणिपाल अस्पतालमा करिब ४५ हजार खर्च गरी फर्किएर गोठमा बसेको समाचार बेनीअनलाइनले प्रकाशित गरेपछि उनीहरुलाई घरबनाउने आर्थिक समेत जुटेको थियो । File Photo

थप जानकारीका लागी । भिमबहादुर पौडेल–९८६३०४२०४१ लाई सम्पर्क गर्नुहोला

Leave a Reply