म्याग्दीबाट पठाइएको अर्को नमुना पनि नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा बिहिबार पोखरा पठाइएको ‘स्वाव’ रिर्पोट नेगेटिभ आएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

गत चैत्र ८ गते भारतबाट आएर बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीयको क्वारेन्टाइनमा बसेका यूवाको ‘स्वाव’ नमुना परिक्षणका लागि एम्बुलेन्सबाट गण्डकी प्रदेशको कोरोनाको नमुना परिक्षण केन्द्रमा पठाइएको थियो ।

गत मंगलबार बेनीबाट पोखरा पठाइएकोमा गण्डकी प्रदेशमले थप परीक्षणका लागी काठमाण्डोको टेकुमा स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको एक महिलाको रिर्पोट समेत नेगेटिभ आएको थियो । हालसम्म म्याग्दीबाट पठाइएको तीनवटै नमुना नेगेटिभ आएको छ ।

Leave a Reply