अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

लकडाउनले समस्यामा परेका विद्यार्थीलाई सम्पर्कमा आउन अपिल

On: April 3, 2020 7:33 PM
Follow Us:

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनबाट काठमाण्डौमा समस्यामा परेका म्याग्देली विद्यार्थीलाई सम्पर्कमा आउन म्याग्देली विद्यार्थी परिवार काठमाण्डौंले अपिल गरेको छ ।

म्याग्दी जिल्ला घरभई काठमाण्डौमा अध्ययनरत विद्यार्थीहरु लकडाउनबाट समस्यामा परेको हुनसक्ने भन्दै म्याग्देली विद्यार्थीको साझा संस्था म्याग्देली विद्यार्थी परिवारकी अध्यक्ष केशरी शर्माले कुनै समस्यामा परेमा संस्थामार्फत समाधानको प्रयास गर्ने बताउनुभयो ।

‘लकडाउनमा धेरै घर जानुभएको छ,‘काठमाण्डौमा समस्यामा परेको भए हामीले सघाउँछौ’ शर्माले बेनीअनलाइनलाई भन्नुभयो ।

लकडाउनबाट प्रभावित हुने श्रमिक र असहायका साथै विद्यार्थीहरु समेत भएको बताउँदै बिरामी, खाद्यान्न वा अन्य समस्यामा विद्यार्थीलाई सहयोग गर्ने निर्णय भएको अध्यक्ष शर्माको भनाई छ।

काठमाण्डौको सरकारी तथा निजी कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक सञ्जाल वा सञ्चारमाध्यमबाट समेत आफ्नो समस्याका बारेमा जानकारी गराउन सक्ने अध्यक्ष शर्माको भनाई छ । उहाँले बिरामीलाई स्कुटरमा राखेर भएपनि अस्पतालसम्म पुर्याउन सकिने बताउनुभयो ।

थप जानकारीका लागि : अध्यक्ष केशरी शर्मा -सम्पर्क न. ९८४७७५९२५३

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।