लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरी म्याग्दीमा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ । विश्वकै ठूलो सामाजिक संस्था लायन्सले नेपालमा समेत कोरोना बिरुद्धको अभियानमा सहभागी हुने निर्णयसँगै म्याग्दी र पर्वतमा सक्रिय रहेका लायन्स क्लबहरुको समन्वयमा क्लबले म्याग्दीको बेनी अस्पतालको लागि १९ थान र पर्वतको जलजला गाउँपालिकाको लागि १ थान पिपीइ सहयोग गरिएको को–चिप एडभाईजर चन्द्रकुमार केसीले जानकारी दिनुभयो।

बेनी अस्पतालमा आयोजित कार्यक्रममा डेपुटी चिप एडभाईजर सन्तोष रावल, एडभाईजर सरोज बानियाँ, रिजन चियरपर्सन सुनिता केसी, जोन चियरपर्सन लोकेश पुन, दिपिल बरुवाल, बेनी र पर्वतका लायन्स क्लवका अध्यक्ष, प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । लायन्स क्लवले जिल्लास्तरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि केन्द्रबाट समेत सहयोगप्राप्त भएको सहयोगले जिल्लामा कोरोना बिरुद्धको अभियानमा थप सहज भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल, अस्पताल प्रमुख डा. अमृत अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायतको उपस्थिति रहेको थियो। सोही अवसरमा डिस्ट्रिक ३२५ बि वान नेपालका गर्भनर इन्दु लम्साललाई आभार ब्यक्त गदै भविस्यमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसैबीच सोही अवसरमा को–चिप एडभाईजर केसीले व्यक्तिगत रुपमा ८ थान पिपीइ सहयोग गर्नुभएको छ । म्याग्दीको सबै स्थानीय तहलाई १–१ थान र जलजला गाउँपालिकालाई २ थान पिपिई सहयोग गर्नुभएको लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply