विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट हालसम्म म्याग्दी सुरक्षित रहेको कोभिड–१९ को कमाण्ड पोष्टले जनाएको छ । म्याग्दीबाट नमुना परीक्षणका लागि पठाइएका तीनवटै ‘स्बाब’ नेगेटिभ आएसँगै हालसम्म जिल्लाभित्र कुनै जोखिम नभएपनि छिमेकी जिल्ला बागलुङमा दुई कोराना संक्रमित भेटिएकाले नाकामा कडाई गर्ने निर्णय गरेको छ ।

शुक्रबार कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको बैकठले जिल्ला बाहिरबाट आएकालाई आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्ने गरी तयारी गरिएको कमाण्ड पोष्टमा रेडक्रसका प्रतिनिधि सुरत केसीले बेनीअनलाइनलाई जानकारी दिनुभयो। ‘बाहिरी जिल्लाबाट आएकाबाट जोखिम देखिए तत्काल क्वारेन्टाइनमा राखिन्छ,‘खाद्य साम्रागी बोकेका सवारीसाधनका चालकहरु निगरानीमा छन्’ केसीले भन्नुभयो ।

बागलुङ–रत्नेचौर हुदै बेनीमा आउने, मालढुंगा– बेनी, कास्की–घोरेपानी, मुस्ताङ– बेनी, पश्चिम म्याग्दीबाट बागलुङ र रुकुम क्षेत्रबाट आउनेलाई स्थानीय तहका चेकपोष्टबाटै कडाई गरिने गरी स्थानीय तहमा एक वडा एक प्रहरी, पाँच स्वयमसेवक परिचालनका लागी अनुरोध गर्ने समेत बैठकले स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

हालसम्म रघुगंगा गाउँपालिकाले मात्रै हरेक वडामा प्रहरी सहित स्वंयमसेवक सहित परिचालन गरेको अवस्थामा सुरक्षा समितिका सदस्यले समेत उक्त अभियान प्रभावकारी देखिएको बैठकमा ब्रिफिङ गरेका थिए । बैठकले विदेशबाट आएकालाई अनावश्यक नडुल्न अनुरोध गदैं संस्कापद गतिविधिलाई नियन्त्रणमा लिने जनाएको छ ।

क्वारेन्टाइनबाट निस्किएकालाई घरमा कम्तिमा १४ दिन होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरेको छ । जिल्लामा विदेशबाटै आएकाहरूबाट अझै जोखिम रहेकाले सर्तकता आवश्यकता रहेको कमाण्ड पोष्टले जनाएको छ ।

निर्णयहरु यस्ता छन् ।

 

Leave a Reply