बागलुङका एक युवाले राहत सामाग्री प्रदान गरेका छन । बागलुङ नगरपालिका ४ कुँडुले स्थायी घर भई हाल जापानमा रहेका प्रेम प्रासाद आचार्य (बाबुराम)ले राहत सामाग्री प्रदान गरेका हुन ।

उनले स्थानिय २३ परिवारलाई राहत सामग्री प्रदान गरेका हुन । कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्नकोलागि सरकारले देशलाई लकडाउन गरेपछि दैनिक ज्याला मजदूरी गरेर दैनिक गुजारा चलाउदै आएका उनीहरुलाई आचार्यले अति आवश्यक दैनिक उपभोग्य सामाग्री प्रदान गरेका हुन ।

आचार्यले १४ केजि चामल , २ पोका तेल, डेढ केजी  दाल , १ लिटर तेल, १ केजि नून र १ वटा सावून वितरण गरेका हुन । करिव ३० हजार बराबरको सामाग्री सहयोग गरेको उनको परिवारले जनाएको छ । आचार्य कुँडुले समाज जापानका पूर्व अध्यक्ष हुन ।

Leave a Reply