माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका म्याग्दीका एक युवकको अवस्था अझै अज्ञात छ। गत चैत्र १८ गते मंगलबार विहान कालिगण्डकी नदीमा माछा मार्न एकजना साथीसँगै गएका मंगला गाउँपालिका-३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचन डुवेर बेपत्ता भएपछि खोजतलास सुरु भएको थियो ।

लकडाउनको समयमा धवलागिरी गाउँपालिका-२ का हिम बहादुर पाईजासँगै पर्वतको जलजला गाउँपालिका मिलनचोक हुदै पारीपट्टी बेनी नगरपालिका–१ सिममा पुगेका शेरचन पानीबाट ननिस्किएपछि मंगलबार आफन्त, स्थानीयवासी, नेपाल प्रहरीले खोजी गरेपनि फेला नपारेपछि सशस्त्र प्रहरीको गोताखोरको टोली घटनास्थल आइपुगेको थियो ।खोजीकार्यमा सहज हुने गरी गलेश्वरमा रहेको शसस्त्र प्रहरीको गुल्मसँग समन्वय गरी गोताखोरको टोलीले घटनास्थल सिमदेखि मालढुंगासम्म खोजीकार्य गरेपनि बेपत्ता शेरचनको पत्ता लगाउन नसकेपछि फर्किएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बेनीअनलाइनलाई बताउनुभयो ।

‘खोजीकार्यमा आवश्यक सबै विधि प्रयोग गरेका छौ,‘मालढुंगासम्म पुग्दा पनि कुनै पत्ता लाग्न सकेन’ उहाँले भन्नुभयो । खोलामा डोरीको सहायताले माछा मार्न गएका शेरचन बिचबाटै बेपत्ता भएलगत्तै केही समयमै पर्वतको मिलनचोक र म्याग्दीबाट प्रहरीको टोली पुगेको थियो ।खोला, नदीमा हराएकाहरुलाई खोजीकार्य गर्न गोताखोर टोलीमा संलग्नहरु अनुभवी हुने भएकाले परिचालन गर्ने गरिन्छ ।

Leave a Reply