कोरोना भाइरस (कोभिड–१९) को संक्रमणाको जोखिमलाई मध्यनगर गर्दै नेपाल सरकारले गरेको लकडाउनले ब्यवसायमा असर गरेको भन्दै म्याग्दीका एक स्थानीय तहका प्रमुखले चैत्र १० देखि बैशाख १० गतेसम्मको घरभाडा मिनाह गर्नुभएको छ ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बेनीको कालिपुल, वारीबेनीको जग्गामा सञ्चालित ग्यारेज, पोखरा र काठमाण्डौमा रहेको घरमा ब्यवसाय गर्ने र कोठा भाडामा बस्नेहरुको एक महिनाको २ लाख ५१ हजार भाडा मिनाह गरेका हुन् ।

कोरोनाको सन्त्रास र लकडाउन पछि हरेक घरधनीको जिम्मेबारी आफ्नो घरमा बस्नेहरुलाई सम्मान गर्नु भएकाले आफुँले एक महिनाको भाडा मिनाह गरेको भण्डारीले बताउनुभयो ।

‘कोरोनाको सन्त्रासले समाज आतंकित भइरहेको बेला मानवीय दायित्व पुरा गर्नेे प्रयास गरेको छु,‘यस्तो बेलामा हुने सहयोगले ठूलो राहत मिल्ने अपेक्षा गरेको छु’भण्डारीले भन्नुभयो ।

कोरोना बिरुद्धको अभियानमा गाउँपालिकाको कोषमा समेत ब्यक्तिगत ४ लाख सहयोग गरेका भण्डारीले कोरोना बिरुद्धको अभियानमा नागरिकको भूमिका सबैभन्दा ठूलो हुने भएकाले लकडाउनलाई पालना गरी घरमै बस्न समेत अनुरोध गर्नुभएको छ ।

राजनीतिसँगै समाजसेवमा सक्रिय भण्डारीले कोरोना बिरुद्धको अभियानमा थप आवश्यकता परेमा ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने बताउनुभयो । घरभाडा छुटमा सरकारले घरधनीकालाई अनुरोध गरेपनि बाध्यकारी निर्देशन भने दिएको छैन ।

Leave a Reply