छिमेकी जिल्ला बागलुङमा दुईजना कोरोना संक्रमित देखिएपछि नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) र्को यापिड टेष्ट गर्ने भएको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिदै सम्भावित जोखिमलाई मध्यनजर गदैं बागलुङसँगै कैलाली र कञ्चनपुरमा समेत टेष्ट गर्ने भएको छ ।

तीन जिल्लार्मा यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको जनाइएको छ । छिमेकी जिल्ला बागलुङमा दुई कोरोना संक्रमित भेटिएपछि म्याग्दीमा समेत उच्च सर्तकता अपनाइएको छ । बागलुङसँग जोडिएका नाकाहरु बन्द गरिएको छ भने आवतजावत समेत रोकिएको छ ।

बागलुङ सहित अन्य जिल्लाबाट म्याग्दीमा आउनेलाई तत्काल क्वारेन्टाइनमा राख्ने गरी शुक्रबार नै कोभिड–१९ म्याग्दी कमाण्ड पोष्टल निर्णय गरेको सदस्य सुरत केसीले बेनीअनलाइनलाई जानकारी दिनुभयो । यसैबीच शनिबार बेनी प्रवेश गर्ने नाकाबाट करिव १० जनालाई फिर्ता पठाइएको छ ।

बागलुङ र पर्वतबेनीका साथै जिल्लाका कुनैपनि साना नाकाबाट प्रवेश गरेमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । नेपाल सरकारले देशभरका तीन जिल्लामा गर्र्ने यापिड टेष्टको निर्णयसँगै बागलुङ गण्डकी प्रदेशमा कोरोनाको जोखिम जिल्ला भन्दै सरकारले उच्च प्राथमिकता दिएको छ ।

Leave a Reply