नेपालको गौरीफन्टा नाका हुँदै गत चैत्र १० गते हजारौं प्रवासी सहित नेपाल भित्रिएका बागलुङका ८ जना रहेको पत्ता लागेको छ । गौरीफन्टास्थित नेपाल–भारत नाकाबाट चैत्र १० गते नेपाल प्रवेश गरेका थिए।

बागलुङको बरेङ गाउँपालिकाअन्तरगत घर भएका ८ जनामा बुटवलबाट पाल्पासम्म गाडीमा आएर पाल्पाबाट बागलुङ प्रवेश गर्ने क्रममा चैत्र ११ गते ब्वारेन्टानमा बसी बरेङमा आएकालाई गाउँपालिकाले चैत्र १४ देखि वडा नं २ मा रहेको सर्वोदय माविको क्वारेन्टाइनमा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बेनीअनलाइनलाई बताउनुभयो।

‘हामीले थप खोजीकार्य गरिरहेका छौ,‘विदेशबाट आएकाहरुको विवरण भए तुरुन्तै दिनुहोला’ थापाले भन्नुभयो ।बुटवलको बाटो हुँदै बरेङ आईपुगेका चारै जना युवाहरु एक हप्ता अघि देखिनै बरे क्वारेन्टाईनमा राखेको थापाको भनाई छ ।

यता बागलुङका बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टका अनुसार ८ जना मध्ये चारजना बुटवलबाट रुपन्देहीको बाँसगढी गएका बरेङ गापा–३ वाटाकाचौर साग्दी घर भएकाको बारेमा जानकारी नभएको बताउनुभयो ।

भारतबाट आएबका बरेङमा क्वारेन्टाइनमा बसेका चारजना १९ देखि २२ बर्षका छन् भने रुपन्देहीको बाँसगढी गएका ४५ बर्षका थापा थर भएका १ जना र बाँकी दुईजना २२ र २५ बर्षका सुनार थर भएका यूवाहरु हुन्।

Leave a Reply