कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको दुईसाता लामो लकडाउनले बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेको अवस्थामा आधा सिलिण्डर ग्यास वितरण गरिने भएको छ ।

शक्ती ग्याँसको कम्पनीबाट पर्वतबेनी र बेनीबजारका उपभोक्तलाई लक्षित गरी २२ सय सिलिन्डर आइतबार दिउँसो बेनीमा आउने म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बेनीअनलाइनलाई बताउनुभयो । ‘सम्बन्धित डिलरमा सम्पर्क गर्नुहोला,‘भिडभाड नगरी ग्याँस लैजान अनुरोध गरिएको छ’ श्रेष्ठले भन्नुभयो ।

लकडाउनमा घरमै बसेका बजार क्षेत्रका प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीका उपभोक्तालाई ६ सय र बेनीबजारभित्रकालाई १६ सय आधा सिलिण्डर ग्यास वितरण गर्न लागेको कम्पनीले जनाएको छ । बेनीका ग्यासको अभाव देखिएपछि वितरणको पहल भएको थियो।

यता ७.१ केजीको सिलिण्डरले कम्तिमा चारजनाको परिवारलाई दुईसातासम्म पुग्ने भएकाले लकडाउन पनि नियमित आउने ग्याँसलाई आवश्यकताभन्दा धेरै जम्मा नगर्ने समेत अपिल गरिएको छ ।

Leave a Reply