जिल्ला प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । सरकारले लगडाउन झन् कडा पार्ने निर्णर्य गरेसँगै बागलुङमा लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गर्न थालिएको हो । आइतबार बिहान मात्र ४० जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बेनीअनलाइनलाई बताउनुभयो ।‘कुनैपनि ठाउँबाट प्रहरीले पक्राउ गर्न सक्छ,‘अटेर गर्नेलाई थप कानुनी प्रक्रिया अगाडी बढाउँछौ’ एसपी भट्टले भन्नुभयो। पक्राउ परेकालाई सम्झाइबुझाइ घर पठाएको उनले बताए । पटक-पटक दोहोरिएमा क्वारेन्टाइन पठाउने प्रहरीले जनाएको छ । अत्यावश्यक सेवाबाहेकका अन्य सवारी साधनहरुलाई रोक लगाएको बताउँदै आसपासका जिल्लाबाट समेत प्रवेशमा कडाई गरिएको छ ।

बागलुङको चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति देखिएको पत्रकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो । लकडाउनको अवज्ञा गर्नेलाई ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने प्रहरीले जनाएको छ ।

Leave a Reply