बेनी नगरपालिका–३, भकिम्लीमा आइतबार बिहान वनमा निउरो टिप्न जादै गरेका स्थानीय । सम्मेरी सामुदायिक बनमा प्रसस्तै पाईने निउरो टिप्न करिब १० जना लाइनमा गएका थिए। विहानै जंगलमा प्रवेश गर्नेहरु बेलुकी घरमा फर्किने गरेका छन् । बालबालिका देखि बृद्धसम्म दैनिकजसो जंगलमा पाइने निउरो टिप्न जाने गर्दछन् । लकडाउनले सहरबजारमा बसोबास गर्नेहरु समेत गाउँमै फर्किएको अवस्थामा स्कुले बालबालिकाले समेत साथीहरु मिलेर जंगलमा जाने गरेको स्थानीयको भनाई छ । ‘दैनिक ३० जनाको हाराहारीमा जान्छन्,‘कारोना भाइस बिरुद्धको लकडाउनका बारेमा थप जानकारी गराउनुपर्ने देखियो’ स्थानीय धन श्रीषले भन्नुभयो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी गाउँमा नियमित जनचेतनामुलक कार्यक्रम सहितको अभियान आवश्यकता रहेको श्रीषको भनाई छ । समुहमा जाँदा जोखिम बढ्ने भएकाले घरायसी काम गर्दा समेत सावधानी अपनाउनुपर्ने सहितको सूचना जारी गरिएपनि जिल्लाका ग्रामिण क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ। भकिम्लीमा दुईदिन अगाडी सडकमै तारा खेलिरहेकालाई समेत प्रहरीले तितरवितर बनाएको थियो। ताराखेलमा जम्मा भएका यूवाहरुलाई तारा खेल्न बाटोमा राखिएको काठको चिन्ह समेत प्रहरीले निकालिदिएर एकपटक सचेत बनाएको अनुगमनका पुगेका यूवा छवि आचार्यले बताउनुभयो । यता वडा अध्यक्ष पदम पुनले लकडाउनको उल्लंघन नगर्न अनुरोध गर्नुभएको छ । वडाभित्र रहेका सर्वसाधारणलाई केही दिन घरभित्रै बस्न, खेतबारीमा जाँदा समेत सतर्कता अपनाउन र घरायसी काममा समेत मापदण्ड अनुसार सावुनपानीले नियमित हातधुने लगायतका गतिविधिहरुमा सहभागी हुनुपर्ने उहाँको भनाई छ । भकिम्लीका सडकहरुमा समेत आवतजावत बन्द गर्न बाटो छेकिएको छ ।

गाउँमा लकडाउनको प्रभावकारी कार्यन्वयनको प्रयास भइरहेको अवस्थामा समुदायको प्रयासका बिच लुकिछिपी हिड्नेलाई समेत सचेत बनाउन वडा अध्यक्ष पुनले अनुरोध गर्नुभयो ।बेनी नगरपालिकाले स्वयंमसेवक सहितको दस्ता बनाउने तर्फ ध्यान नदिएकाले समेत वडाभित्र लकडाउनको बेला घरभित्रै बस्ने मन नभएकाहरु गाउँमा हिडडुल र भेटघाट गर्ने गरेका छन् ।

Leave a Reply