जिल्लाको मंगला गाउँपालिकाको बरंजामा छिमेकी जिल्ला बागलुङ हुदै प्रवेश गरेका चारजनालाई फिर्ता गरिएको छ ।

बागलुङबाट मंगला–३ झाक्रिपानीमा ३ जना र वडा नं ४ आर्भाङमा १ जना आफन्तलाई भेट्न आएको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली र नेपाल युथ काउन्सिलका बरंजा प्रतिनिधि हरि कँडेल सहितको टोलीले बागलुङ फिर्ता गरेका थिए ।

छिमेकी बेनी नगरपालिका–३ भकिम्लीमा काठेखोला गाउँपालिकाको धम्जा, ओखले हुदै प्रवेश गर्ने गरेको सूचना आउन थालेपछि स्थानीयले बेनपासँग सिमाना जोडिएका बस्तीहरुमा समेत ब्यापक कडाई गर्न स्थानीयलाई सहयोग मागेका छन् ।Local youth: बरंजा–३ का वडा अध्यक्ष कविन्द्र रोका सहितको टोलीले बागलुङबाट प्रवेश गर्नेलाई रोक लगाउने अभियानमा यूवाहरुलाई थप सक्रिय हुन अनुरोध गर्नुभएको थियो । नेपाल युथ काउन्सिलका म्याग्दी संयोजक छवि आचार्य सहितको टोलीले बागलुङबाट आवतजावत हुने नाकामा प्रवेश गरेमा प्रहरीलाई खवर गर्न अनुरोध गरेका थिए । स्थानीयलाई बागलुङबाट आएका आफन्तलाई समेत केही समयका लागि बास नदिई सम्मानपूर्वक फिर्ता पठाएर कोरोना बिरुद्धको अभियानमा साथ दिनु अनरोध गरेका छन् । बागलुङमा दुईजना कोरोना संक्रमित देखिएसँगै सिमा जोडिएका बस्तीमा समेत संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी पदैलमार्गमा समेत कडाई गरिएको छ ।

Leave a Reply