जिल्लाको बेनी नगरपालिका-९, गलेश्वर आमा समुहले गलेश्वर क्षेत्रमा खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई मास्क,स्यानिटाइजर र सावुन सहयोग गरिएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट समुदायलाई सुरक्षित राख्न सुरक्षाकर्मीलाई सघाउने उद्देश्यले आमा समुहले शसस्त्र प्रहरी गुल्ममा ५४ वटा मास्क, १२ सावुन र ६ स्यानिटाइजर र प्रहरी चौकीमा २ स्यानिटाइजर, ६ सावुन र मास्क हस्तान्तरण गरेको आमा समुहकी अध्यक्ष गौमायाँ गर्बुजाले जानकारी दिनुभयो । ‘उहाँहरुलाई यो जोखिमबाट मुक्त गराउने आमा समुहले पनि सहयोग गर्छ,‘सानो सहयोगलाई पनि खुसी भएर लिइदिनुभयो’ अध्यक्ष गर्बूजाले भन्नुभयो । सहयोग हस्तान्तरणमा शसस्त्र प्रहरी गुल्मका प्रमुख प्रकाश माझी र प्रहरी चौकीका प्रमुख गोर्बधन दुराले आमा समुहमार्फत गलेश्वरमा भइरहेका कामबाट उत्साहित रहेको बताउनु्भएको थियो ।

कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनको समेत सहभागीता रहेको थियो । आमा समुहले गलेश्वरमा सरसफाई सहित लगडाउनको अवधिमा बाहिर ननिस्कन समेत अनुरोध समेत गरेका छन् ।

Leave a Reply