माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचनको शब आइतबार साँझ मालढुंगामा भेटिएको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १ स्थित कालिगण्डकी नदीमा बगाउँदै गरेको अवस्थामा स्थानीयले लाश देखेपछि बाहिर निकाल्दा शेरचनको भएकाले पोष्टमार्टमका लागी बेनी अस्पतलामा ल्याइएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बेनीअनलाइनलाई बताउनुभयो ।

लकडाउनको समयमा धवलागिरी गाउँपालिका–२ का हिम बहादुर पाईजासँगै मिलनचोक हुदै गएका शेरचन डोरीसँगै नदीमा प्रवेश गरेका थिए । नदीबाट ननिस्किएपछि सँगै गएका पाईजाले प्रहरीलाई खवर गरेका थिए ।

आफन्त, स्थानीयवासी, नेपाल प्रहरीले खोजी गरेपनि फेला नपारेपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीले घटनास्थल सिमदेखि मालढुंगासम्म खोजीकार्य गरेपनि फेला पारेका थिएनन् । शेरचनको सोमबार अन्तेष्टी गरिने छ ।

Leave a Reply