जटिल रोगबाट ग्रसित भएर बेनी अस्पतालमा भर्ना भएकी रघुगंगा गाउँपालिका–४, दर्मिजाकी एक बृद्धालाई तत्कालै २ पिन्ट ए पोजेटिभ रगत चाहियो । कोराना भाइरस (कोभिड—१९) को जोखिमले बजारका अधिकांस रक्तदाताहरू गाउँ गएको अवस्थामा रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसी र ल्याब टेक्सिसियन याम थापा अलमलमा पर्नुभयो ।

रक्तदाताहरुको सूचीमा रहेकालाई फोन गर्न खोज्दा रातको करिब १ बजेको थियो । मस्त निन्द्रामा भएपनि उपचारमा सहज हुने गरी रगत जुटाउनुपर्ने बाध्यताले फोन गर्दा वित्तिकै बेनी नगरपालिका–५ सेताढुङ्गामा रहेका अनुप बानियाँ मोटरसाईकलमा अस्पतालभित्र रहेको रक्तसञ्चार केन्द्रमा बृद्धाको आफन्त अम्रिता पुन गरी तत्काल आवश्यक पर्ने रगतको ब्यवस्थापन भयो ।

बानियाँले १५ औं पटक र पुनले पहिलोपटक मध्यरातमा रक्तदान गरी एक बृद्धको ज्यान जोगाएको केन्द्रका संयोजक केसीले बेनीअनलाइनलाई बताउनुभयो ।‘लकडाउनसँगै बजारदेखि ग्रामिण क्षेत्रसम्म सुनसान जस्तै छ,‘गाउँबाट समेत आएर मध्यरातमा समेत रक्तदान गर्नु ठूलो धर्म हो’ केसीले भन्नुभयो ।

रक्तसञ्चार केन्द्रमा आवश्यकता परेमा तत्कालै बोलाएर रक्तदान गर्ने रक्तदाताको सूची धेरै रहेको छ । दिउँसो, साझँ रक्तदान गर्नेको संख्या धेरै हु्ने भएपनि मध्यरातमा रक्तदान गर्नेहरुको संख्या कमी रहेको अवस्थामा पछिल्लो समय रक्तदानप्रतिको आर्कषण ह्वात्तै बढेको केन्द्रले जनाएको छ ।

यता रक्तदान गरेका यूवा बानियाँले रक्तदान गरेकै कारणले हजुरआमाको ज्यान जोगिएको बताउँदै जीवनकै ठूलो धर्म गरेको बताउनुभयो। ‘हजुरआमाको ज्यान जोगिदाँ परिवारभित्रका धेरैको खुसी फर्किन्छ,रगत अभावकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न अग्रजहरुले सिकाउनुभएको छ’ बानियाँले भन्नुभयो ।

रक्तदान नै जीवनदान भन्ने भनाइबाट प्रभावित भएर नियमित तीन–तीन महिनामा रक्तदान गर्ने गरेको बानियाँको भनाई छ । जिल्लामा पछिल्लो एकदशक यता रगत अभावकै कारण मृत्युवरण गर्नुपरेको छैन् । रक्तदान मानव सभ्यताको सबैभन्दा पुण्य कमाईने दान समेत मानिन्छ ।

Leave a Reply