विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन मंगला गाउँपालिकाले छिमेकी जिल्ला बागलुङबाट गाउँपालिका भित्र प्रवेश गरेका दुईजनालाई क्वारेन्टाइनमा राखेको छ ।

बागलुङमा दुईजना कोरोनाको संक्रमित देखिएपछि नाकामा कडाई गरेको गाउँपालिकाले मंगला–२ नेवारे माईत भई बानपा–४ घर भएकी एक महिला र बागलुङको रुदे्रपिपलबाट आएका मंगला–३ सातविसेका २० बर्षिय यूवालाई समेत मंगला शिक्षा क्याम्पसको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।’छिमेकी गाउँपालिकाबाट प्रवेश गरेकालाई पनि निगरानी बढाएका छौ,‘बागलुङसँग जोडिएका बस्तीमा प्रहरीसहितको गस्ती सुरू भएको छ’ अध्यक्ष रोकाले भन्नुभयो ।

विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरु घर फर्किपनि घरमा समेत १४ दिनसम्म अलग्गै बस्न अनुरोध गरिएको छ । क्वारेन्टाइनमा राख्न मंगला–३ का अध्यक्ष कविन्द्र रोका र नेपाल यूथ काउन्सिलका प्रतिनिधि हरी कँडेल लगायतको उपस्थिती रहेको थियो।

यसैबीच गाउँपालिकाले मंगला–३ र ४ बरंजा, वडा नं ५ अर्मनको किमचौर र बेनपा–३ भकिम्लीसँग जोडिएको बागलुङको सिमानाबाट गाउँपालिका भित्रका बस्तीमा प्रवेश गर्नेलाई तत्काल नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने गरी प्रहरी, स्वयमसेवक सहितको टोलीलाई नाकामा परिचालन गरेको जनाएको छ ।

Leave a Reply